युवाका इलाका संयोजकसहित २ जना गिरफ्तार

काठमाडौं / साउन १० : राष्ट्रिय युवा जनस्वयम् सेवकका इलाका संयोजकसहित २ जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा सो संगठनका ईलाका नं. ५ संयोजक किरण सुनुवार र इलाका सदस्य रमेशलाई मंगलबार भरतपुर मनपा–७, स्थित स्थानीय जनतासँग छलफल गर्दै गर्दा चितवन प्रहरीले गिरफ्तार गरेको हो । उनीहरुलाई झुठ्ठा मुद्दामा फसाएर गल्ती गरेको भन्दै चितवन जिल्ला अध्यक्ष अटल श्रेष्ठले घोर आपत्ति प्रकट गरेको छ । साथै गिरफ्तार परेकाहरुलाई विना सर्त रिहा नगरे संघर्षको कार्यक्रम घोषणा गर्न बाध्य हुने उनले बताए । जसको परिणामको जिम्मवारी स्वयम प्रशासनले लिनु पर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिसहित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :