मालपोत कार्यालयका प्रमुखलाई कालोमोसो

काठमाडौं / साउन १० :  मुक्त हलियाको रकममा कमिसन खान खोज्ने डोटी जिल्ला मालपोत कार्यालयका कार्यालय प्रमुख सुनिल सागर जोशीलाई कालोमोसो दलिएको छ । मंगलबार मालपोत कार्यालय अगाडि धर्ना बसेका मुक्त हलियासँग कार्यालय परिसरमा छलफल गर्दै गरेका जोशीलाई नेपाल कम्युनिस्ट पार्टी र माओवादी केन्द्रका कार्यकर्ताहरुले कालोमोसो दलेका हुन् ।  हलिया पुनर्स्थापनाका लागि आएको रकममा कमिसन खान खोजेकाले डोटी मालपोत कार्यालयमा हलियाले तालाबन्दी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :