दार्जीिर्लङमा एबीएन च्यानल प्रसारणको रोकमाथि  प्रेस गिल्डकाे विरोध 

काठमाडौं / साउन १० : दार्जीिर्लङ एबीएन नेपाली च्यानलको प्रसारणमाथि रोक लगाएकोमा दार्जीिर्लङ प्रेस गिल्डले विरोध गरेको छ । यसबारे प्रेस गिल्डका अध्यक्ष दीप गजमेर र सचिव प्रणव छेत्रीले संयुक्त जारी गरेको एक विज्ञप्तिमा भनेका छन्– साउन ७ गते देखि नेपालीभाषामा प्रसारण गरिने एबीएन च्यानल साथै दार्जीिर्लङका स्थानीय च्यानलहरुको प्रसारणमाथि बंगाल प्रशासनले रोक लगाएको छ । यसको दार्जीिर्लङ प्रेस गिल्डले कठोर शब्दमा विरोध गरेको छ ।गणतन्त्रको चौथो स्तम्भमाथि यसप्रकारको हस्तक्षेपलाई सोझै गणतन्त्रको हत्या मान्न सकिन्छ । त्यसैले जिल्ला प्रशासनले एबीएन साथै स्थानीय च्यानलहरूको प्रसारणलाई यथाशीघ्र पुनर्बहाल गर्नुपर्छ । यसका साथै प्रेस गिल्डले इन्टरनेट सेवामाथि लगाइएको रोकको पनि विरोध जनाएको छ । यसले दार्जीिर्लङ पहाड़का आम जनता, विद्यार्थी साथै पत्रकारहरुलाई पनि आ–आफ्नो कार्य गर्न असुविधा भइरहेको बताएको छ । यसैले प्रशासनले इन्टरनेट सेवाको पुनसञ्चालन गर्नुपर्ने माग गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :