जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

जनताका बीचमा अन्तरक्रियात्मक अभियान चलाउँदै नेकपा अछाम

अछाम : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अछामले अन्तरक्रियात्मक कार्यक्रम सहित अभियान सञ्चालन गरेको छ । पार्टीको अभियान अन्तर्गत शिक्षक, विद्यार्थी, बुद्धिजीवी, किसान तथा स्थानीय जनसमुदायका बीचमा अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरिरहेको छ । भाटाकाटिया, मेल्लेख लगायतका स्थानमा कार्यक्रम गरेको पार्टीले सोमबार बान्निगढी जयगढ गाउँपालिकास्थित ऐश्वर्य माध्यमिक विद्यालय दर्नामा अन्तरक्रिया गरेको हो ।

वर्तमान राजनीतिक परिस्थिति, संकट र समाधान विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी प्रतिकले देश कोरोना भाइरसका कारण आक्रान्त भएका बेला संसदवादीहरू भने सत्ताको लुछाचुँडीमा लागेको बताए । तिनै तहका सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै आफ्नो पार्टीले भ्रष्टाचारीहरुलाई कारवाही गर्ने बताए । उनले आफ्नो पार्टी वार्तामार्फत राजनैतिक निकास दिन तयार भए पनि सरकार वार्ताबाट भागेको बताए । एकातिर वार्ताको हल्ला फिँजाउने अर्को तिर सर्वोच्च अदालतको आदेशमा रिहा भएका नेता कार्यकर्तालाई अदालत परिसरभित्रैबाट गिरफ्तार गरिनुले सरकारको अलोकतान्त्रिक, असंवैधानिक र फासिवादी चरित्र उदाङ्गिएको उनले दाबि गरे ।

दिपको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको विज्ञानले सञ्चालन गरेका थिए भने विद्यालय का.प्र.अ. हिक्मत थापा लगायत अतिथिहरू रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :