जनयुद्ध दिवसको अवसरमा पहिलो पटक अमेरिकामा अन्तरक्रिया

जनयुद्ध दिवसको अवसरमा पहिलो पटक अमेरिकामा अन्तरक्रिया

काठमाडौँ : २६ औँ जनयुद्ध दिवस आयोजक समिति अमेरिकाले पहिलो पटक अमेरिकामा भब्य अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा विशेष अतिथिहरु गुणराज लोहनी र लेखनाथ न्यौपानेलाई आमन्त्रण गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुणराज लोहनीले नेपालमा अझै पनि पूर्ण रूपमा क्रान्ति सम्पन्न नभएकाले सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । यो ब्यबस्था ल्याउन भूमिका नरहेको व्यक्तिको हातमा सरकारको नेतृत्व जानाले अहिले नेपालमा यस्तो संकटपूर्ण परिस्थिति उत्पन्न भएको बताए । नेपालमा अहिले दलाल पुँजीवादी सत्ता छ । यो दलाल पुँजीवादी उत्पिडनको अन्त्य अरु कुनै विचार र ब्यवस्थाबाट हुँदैन । यसको हल भनेको वैज्ञानिक समाजवादी क्रान्तिले मात्र गर्ने बताए ।

त्यसैगरी बोल्ने क्रममा न्यौपानेले नेपालमा आमूल परिवर्तनको निमित्त जनयुद्ध आवश्यक थियो, ऐतिहासिक जनयुद्धको कारणले नै गणतन्त्र आएको हो । युद्ध लड्ने साथीहरू अहिले आफ्नो देश छोडेर अन्यत्र पलायन हुनु परेकोमा आफुलाई दुःख लागेको बताए । अबको यात्रा भनेको समाजवादतर्फ रहेको हुँदा नयाँ पुस्ताले पहल गर्नुपर्ने बताए ।

अतिथिको रूपमा बौल्दै विश्वबहादुर शाह, कन्यैन परियार र तिलक केसीले जनयुद्ध दिवसको वर्तमान अवस्थामा झनै महत्व रहेको कुरा ब्यक्त गरेका थिए । यसैगरी मन्तव्य राख्ने क्रममा पत्रकार किशोर पन्थीले जनयुद्धको महत्व र बिष्णु भुजेलले नेपालको कम्युनिस्ट आन्दोलनको आवश्यकताबारे चर्चा गर्दै २६ औँ जनयुद्ध दिवसको शुभकामना ब्यक्त गरेका थिए भने मधुसागर पौडेलले स्वागत गरेका थिए ।

काशिनाथ पौडेलको अध्यक्षता रहेको कार्यक्रमलाई दिपक लामिछानेले सञ्चालन गरेका थिए । कार्यक्रममा अमेरिका, युरोप, मध्यपूर्व र मलेशिया लगायतका देशहरुबाट उत्साहजनक सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :