मकवानपुरको बकैया र बागमती गाउँपालिकामा भित्तेलेखन

मकवानपुरको बकैया र बागमती गाउँपालिकामा भित्तेलेखन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले पार्टीको केन्द्रीय कार्यक्रम अनुसार जिल्लाभरी भित्तेलेखन कार्य अगाडि बढाएको छ । एकीकृत जनक्रान्तिमा दृढतापूर्वक अगाडि बढौं ! वैज्ञानिक समाजवादी सत्ता प्राप्तिका लागि एकजुट होऔँ !! जनसत्ता निर्माण गरौँ ! पार्टीलाई जनतासँग मजबुद तरिकाले जोडौँ !! भन्ने नाराहरुले जिल्लाका विभिन्न स्थानहरुमा लेखिएको देखिन्छ ।

यसैगरी नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ! सबै बामपन्थी शक्ति एक बनौँ !! हत्या हिंसा बलात्कार र भ्रष्टाचार बन्द गर ! नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद !! जस्ता आम जनतामाझ सन्देश जाने र सबै जनता गोलबद्ध भई पार्टीको कार्यदिशामा अघि बढ्ने जनविश्वास लिइएको यो अभियानलाई निरन्तरता दिँदै मकवानपुरको सबै भुगोलमा पार्टीलाई जनतासँग प्रत्यक्ष रुपमा जोड्नुका साथै जनतालाई पनि पार्टीगत रुपमा गोलबद्ध गराएर एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढ्ने अठोट नेकपा मकवानपुरले गरेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :