उत्तर कोरियाको आर्थिक वृद्धि १७ वर्षकै उच्च

एजेन्सी /प्योङयाङ, साउन ९ : यस वर्षमा उत्तर कोरियाको अर्थतन्त्र १७ वर्षकै उचाइमा पुगेको उत्तर कोरियाली केन्द्रीय बैंकले बताएको छ । आणविक हतियारसम्बन्धी खोजका लागि अन्तर्राष्ट्रिय क्षेत्रले उत्तर कोरियामाथि लगाएको प्रतिबन्धले पनि उसको आर्थिक वृद्धिलाई रोक्न नसकेको बताइएको छ । गत वर्ष उत्तर कोरियाको कुल गार्हस्थ्य उत्पादन अघिल्लो वर्षको तुलनामा ३ दशमलव ९ प्रतिशतले बढेको छ । सन् २०१५ मा भने खडेरी र कमोडिटीको भाउमा आएको कमीका कारण अर्थतन्त्र खुम्चिएको थियो । सो अवधिमा खानी तथा ऊर्जा क्षेत्रमा भएको विस्तारका कारण अर्थतन्त्र बढेको हो । गत वर्षको वृद्धि सन् १९९९ यताकै उच्च हो । सन् १९९९ मा उत्तर कोरियाले ६ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हासिल गरेको थियो । चीनको सबैभन्दा ठूलो व्यापार साझेदारभित्र पर्ने उत्तर कोरियाको चीनमा भएको निर्यात पनि ४ दशमलव ६ प्रतिशतले बढेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :