सिन्धुपाल्चोकमा पहिरोले लार्चाको पुल बगायो / भोटेकोशी आसपासका स्थानीयमा त्रास


काठमाडौं / साउन ९ : अविरल वर्षाको कारण सिन्धुपाल्चोकको दुगुनामा गएको पहिरोले भोटेकोसी गाउँपालिकाको तातोपानी र फुल्पिङकट्टी जोड्ने लार्चा पुल बगाएकोे छ । गत असार २१ मा भोटेकोशीमा आएको पहिरोले क्षति पुगेको लार्चा पुल अहिले भने पूर्णरुपमा क्षतिग्रस्त भएको छ । पहिरोका कारण दुगुनाको डाँडा भास्सिएको छ । वर्षाका कारण दुगुनाको भीरबाट माटो खसिरहेको सीमास्थित सशस्त्र प्रहरी बलका उपरीक्षक बिमल डाँगीले बताएका छन् । जसका कारण कोदारी राजमार्गमासमेत क्षति पुगेको छ । कोदारी राजमार्गका दर्जनौ स्थानमा पहिरो खसिरहेको बेला थप लार्चा पुल भास्सिएपछि स्थानीयमा त्रास फैलिएको उनले बताए । भोटेकोशी हाइड्रो पावरको क्षतिग्रस्त ड्यामका कारण जोखिम झन् बढेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :