माकेको भबिस्य : एमालेमा प्रवेश – धर्मेन्द्र बास्तोला ‘कञ्चन’, स्थायी समिति सदस्य, नेकपा

माओवादी आन्दोलन भनेको जनताको आमुल परिवर्तन, समाजवादी सत्ताको स्थापना, मानवजातीको स्वतन्त्रता र वैज्ञानिक समाजको निर्माण निर्माण गर्नु हाे

हारेको जुवाडेझै सिथिल मुद्रामा माओवादी केन्द्रमा रहेका हाम्रा साथीहरु स्थानीय चुनावको “निर्मम” समिक्षा गर्न पेरीसडाँडा केन्द्रीत हुँदैछन् । उनीहरुले नेपालको समग्र राजनीति, माओवादी नेतृत्वको राजनैतिक बिचलन एवम् पार्टीको नवसंशोधनवादमा पतन, जनयुद्धले उठाएका मुद्धाहरु प्रति उनीहरुले गरेको बिस्वासघात, समाज परिवर्तनको जटिलताका अगाडि प्रदर्शन गरेको कायरता र निर्लज्ज एवम् नग्न प्रकारले साम्राज्यवादको गुलामी जस्ता मुल बिषयमा कति निर्मम समिक्षा गर्लान त्यो पछि नै देखिएला । तर अहिले सामाजिक संजातमा अभिब्यक्त त्यो पार्टीका प्रभावकारी नेताहरुका बिचार हेर्दा निर्मम कार्यशूचीको छेउटुप्पो भेटेको देखिदैन । उनीहरुको रोदनमा समाजको आमुल परिवर्तन होइन, संशदवादी पार्टीहरुसंगको चुनावी प्रतिशपर्धामा पछि परेको महसुस गरिदैछन् । उनीहरुको बिचारमा स्थानीय चुवावमा जनताबाट बहिस्कृत हुनुका कारणहरुमा पहिलो पार्टीमा बिभाजन भएकोः दोश्रो, सरकारमा भएर पनि त्यसको सहि उपयोग गर्न नसकिएकोः तेश्रो, सरकारले गरेका कामकार्यवाहीलाई जनताका सामु लान नसकेकोः चौथो, जनतालेनै माआवादी केन्द्रलाई नबुझिदिएकोः पाँचौ, दर्जन पार्टीहरुका बिचमा एकता भए पनि त्यसलाई जनताका बिचमा लान नसकेकोः छैटो, एमाले र कांग्रेसले धेरै रुपैया खर्च गरेकोः सातौ, एमाले पार्टीले एनजीओ प्रयोग गरेको आठौ, पाँच हजारको केन्द्रीय समिति निकम्मा भएकोः नवौ, कांग्रेससँग गठबन्धन गरेपनि माकेले कांग्रेसको रुखमा भोट दिएको तर कांग्रेसले माकेको चुनाब चिन्हमा भोट नदिएकोः दशौ, माकेका भोटरु अरु पार्टीको चुनाव चिन्हमा परेको लगायतका तमाम तर्कहरु दिइएका छन् । यी तर्कहरुको सम्बोधन गर्न परिवर्तनको अभिलाषा बोकेर नेतृत्वको मति फिर्ने आकाँक्षासहित माकेमा रहेका हाम्रा कमरेडहरुको आत्मरतिकै लागि सहि, प्रचण्डको चातूर्यपूर्ण तर गम्भीर मत प्रकट हुने गरेको छ, निर्वाचनमा एमाले कांग्रेस आएपनि एजेण्डा माओवादीको लागु हुँदैछ । निर्बाचनमा हारेपनि राजनीतिमा माओवादीको जीत भएको छ । यो पटक त यस्तै भयो आगामी दिनहरुमा चुनाव राम्रो गरौला आदि । यी भनाईहरुले जति माकेको भ्रममा परेका तर राजनैतिक पराजयको अर्तनाद खपेका कमरेडहरुमा मलम पट्टि गर्दैछ त्यो भन्दा बढी यसले संसद्वाद तर्फको पतनलाई अझ तीव्रता दिएको छ । माथिका तर्कहरुमा घुमाउरो र संध्या शैलीको प्रयोग गर्दै प्रष्ट भाषामा प्रचण्डको भनाई रहेको छ कि अहिलेको प्रतिक्रियावादी सत्ताको एजेण्डा, त्यसको सस्थागत विकाश र त्यो दिशामा जनतालाई भ्रमित गर्ने स्किीम कुनै एमाले र कांग्रेसहरुको होइन, त्यो प्रचण्डको हो, जो चुनावको प्रक्रियाबाट सुदृढ भएको छ । अथवा, १० बर्षको महान जनयुद्धले संसदीय व्यवस्थालाई जसरी अर्धमृत अवस्थामा पु¥याएको थियो, त्यसलाई पुनर्जीबीत गर्ने र प्रतिक्रान्ति गर्ने काम अरु कसैले होइन, त्यो प्रचण्डलेनै गरेका थिए । माके पार्टीले चुनावमा हारे पनि या जीते पनि यो प्रतिगामी राजनतैतिक पतनको प्रवाह रोकिने छैन र त्यसमा माकेको जीत भएको मान्नुपर्छ, प्रचण्डको जोड यसैमा भएको देखिन्छ ।

माकेले चुनाव हार्नुमा जनतालाई दोष दिए पनि जनताको निस्कर्ष भने माकेको बुझाई भन्दा धेरै माथि भएको देखा प¥यो । देशमा राजनैतिक, आर्थिक, सामाजिक सांस्कृतिक रुपमा आमुल परिवर्तनको कठिन कार्यसूचि लिएर आम जनतालाई विश्वस्त गरेको पार्टी पुरानै संसद्वादीहरुको मियोमा घुम्दै देशमा राष्ट्रघात, जनविरोधी हर्कत, साम्राज्यवादको चाकरी, भ्रष्टाचार, एवम् राज्य माथिको लुटको निरन्तरतामा आउने हो भने र यस प्रकारका गतिविधि बिना देश नचल्ने माकेको पनि निस्कर्ष हो भने त्यससकालागि एमाले र कांग्रेस भन्दा माके के कुरामा फरक रह्यो भन्ने जनताको निक्र्योल हुन पुग्यो । यो विश्लेषणका आधारमा बेटर अमङ द वर्सट् ¬(अथवा अति खराब मद्धेको राम्रो) भनेझंै जनताका लागि दलाल, राष्ट्रघाती र जनविरोधीहरु मद्धेका राम्रोलाई छात्रु नै उपयुक्त हुन्थ्यो । त्यही भयो पनि । जनताको परिवर्तका लागि उठाइएका राजनैतिक कार्यदिशा छाडे पछि माकेका लागि जनताले विश्वास गर्ने ठाउँ कतै रहेन । बरु तमाम बिषयहरुमा माके नेतृत्वको सरकारबाट जनतालाई ढाँट्न खोजीयो । भारतबाट ठुलो पैमानामा महङ्गोमा बिजुली खरीद गर्ने, पेट्रोलियममा मूल्य बढाएर बक्यौता तिर्ने र आन्तरिक व्यवस्थापनबाट अन्धकार या लोड शेडिङ हटाइएको हल्ला गर्ने माके नेतृत्वको सरकारी शैली भारतका गल्लीहरुमा सर्प नचाउने चटकेको भन्दा भित्र रुपमा जनताले देखेन । सर्पको खुट्टा सर्पले देखेको हुन्छ भनेजस्तै कमिसनखोरीका हरेक छिद्र हेरिरहेको एमालेको आँखाबाट अनगिन्ती कमिशन लिने चीम काण्ड छुप्न पनि सकेन । साम्राज्यवादको दलाली, प्रचण्डले भारतसँग गरेका राष्ट्रघाती सहमतिहरु, सरकार बाहिर हुँदा माथिल्लो कर्णाली, अरुण तीन, माथिल्लो मस्र्याङ्दी, कोशी उच्च बाँध बिरुद्ध बोल्नेहरु सरकारमा सहभागि हुने बित्तिकै सबै कुरा बिर्सने, र पुराना सम्झौता खारेज गर्नुको सट्टा कार्यन्वयनमा सहमती गर्ने कुरा पनि जनताले नबुझ्ने बिषय थिएन । समग्र देश र जनताको परिवर्तनको मुद्धा पन्छाएर सहिद परिवार, बेपत्ता परिवार, घाईते अपाङगहरुको भावनामा भोट बटोर्न खोज्ने माकेको नौटंकी जनताको आँखामा नक्कली औषधी बेच्ने ठगहरुको चर्तिकला भन्दा फरक देखिएन । देश युवा विहीन, उध्योग विहीन, उत्पादन बिहीन हुँदै गैरहेको प्रष्ट परिदृस्यमा कतैबाट भएपनि सकारात्मक सन्देश सुत्र लालायीत कार्यकर्ताहरु दंग पर्ने गरी माके नेतृत्वको सरकारमा गार्हस्थ उत्पादनमा बृद्धि भएको हल्ला पनि एउटा रोचक प्रसंग रह्यो । कुनै समयमा रामशरण महतलाई एसियाकै उत्कृष्ट अर्थमन्त्री भएको प्रचार गरिन्थ्यो । त्यसको अर्थ सहज बुझ्न सकिन्थ्यो कि उनी एकाधिकार पुँजीपतिको हीतमा काम गर्ने एसियाकै उत्कृष्ट दलाल वा अर्थमन्त्री थिए । माकेमा भएका कतिपय साथीहरुले नमज्जा या मज्जानै मानेपनि माके सरकारको प्रशंसामा त्यही दुर्गन्धको हस्को आउँछ । साहेद एकाधिकारवादी पुँजीको दलाली र उसको आर्थिक बृद्धिमा माके सरकारको ठुलो योगदान रह्यो । जसले रामशरणलाईसमेत पछि पारीसकेको हुनुपर्छ । जसको कारण माके नेतृत्वको सरकारमा आर्थिक बृद्धि भएको प्रचार गरिएको छ । शाषकहरुले विदेशीको भिष आकर्शित गर्न र आफ्नो सरकारको प्रशंसा बटुल्न तैयार गरिएका आर्थिक आँकडाहरु जे जति देखाए पनि नेपालको अर्थतन्त्रले दलाल पुँजीबाद फस्टाउने बाहेक, देश, जनता र राष्ट्रिय पुँजीको हितमा कहिपनि सकारात्मक दिशा तिर सोझिएको देखिँदैनन् । समग्र नेपाली जनताको जीवनमा कुनै पनि सकारात्मक प्रभाव पारेको देखिँदैन ।

क्रान्तिको बाटोलाई बिचैमा विसर्जन गर्ने विसर्जनवादी आत्मसमर्पणका बाबजुद, जनयुद्धले स्थापित गरेका गणतन्त्र, धर्मनीरपेक्षेता, समतामूलक समाजको दिशामा उथलपुथल ल्याउने १० बर्षको महान जनयुद्धको नेतृत्वगरेका नेताहरुप्रति कार्यकर्ताको मायाँ हुनु स्वभाविक हो । जस्तो मरेकै भएपनि जन्मदिने र लालनपालन गर्ने बाबु आमाको मायाँ मानिसलाई हुने गर्छ । वैचारिक, राजनैतिक एवम् दर्शानिकरुपले लास परिसकेको माके नेतृत्व फेरी ब्युतला भनेर कुरीबस्ने साथीहरुको समिक्षा मृत्यु सैयाबाटै हुन जरुरी छ, त्यसो गर्लान नगर्ला उनिहरुको कुरा हो । यसको पहिलो र निर्मम समिक्षा प्रचण्डले स्वयंले गर्नु पर्छ, उहाँले चुनवाङ बैटकमा लोकतन्त्र पछि जनवाद या बुर्जुवा गणतन्त्रतिर लाने शक्तिहरुको बिचमा क्रान्तिकालागि भिडन्त हुन्छ, लेख्नु भएको थियो । के त्यो समय प्रचण्डकालागि अहिले पनि आएको होईन ? या, प्रचण्डले कसको पक्ष लिने, बुर्जुवा गण्तन्त्रको कि जनवादी गणतन्त्रको ? निर्मम समिक्षाको सुरुवात त्यहाबाट भयो भने माकेपार्टी माओवादीमा रुपान्तरण हुने सम्भावना रहन सक्ला ।

यदि माके पार्टीले यसप्रकारको निर्मम समिक्षा गर्न सकेन, सतही समिक्षा र त्यसमा पनि संसद्वादको पतनको प्रक्रियामा कम्जोरी कहाँ भए भत्रे हो भने “नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को” भविस्य अव एमालेमा प्रबेश गर्ने बाहेक अर्को बिकल्प हुने छैन । माके पार्टीको एमालेमा प्रवेश हुनु बियोगान्त आबस्यकता एक अनिवार्य भत्रे यो विश्लेषण कुनै खप्परयोगको दशा झेलेका मनुवाको मुक्ति दिलाउने ज्योतिषबाणी होईन, यो एउटा तार्किक राजनैतिक विश्लेषण हो, जसमा चाहेर या नचाहेर परिवेशले धकेलेको कुनामा कोच्चिएर माके पार्टीले बस्नु पर्नेछ । यसप्रकारको राजनैतिक विश्लेषण गर्दा त्यो पार्टीमा भएका धेरैसाथीहरुको जिब्रोमा नमिठो स्वाद सल्बलाउने छ । तर, साँचो अर्थमा निर्मम समिक्षा गर्दै क्रान्तिकारी दिशा नसमात्ने हो भने, केही सर्त र प्रवृत्तिहरुसहित राजनैतिक विश्लेषण गर्दा माके नाममा रहेको पार्टीको बृत्त चित्रको पटाक्षेप हुने अर्को ठाउँ देखिँदैन । माकेको यस प्रकारको बियोगान्तका लागि केही सर्त या अवस्थाहरुले काम गरेका हुनेछन । पहिलो सर्त हो । संसद्वादी राजनीतिभित्र प्रचण्डको राजनैतिक सक्रियता, दोश्रो सर्त हो माओवादी अथवा सच्चा कम्युनिस्टका विरुद्ध प्रतिक्रियावादी हमला एवम् खेदाई र तेश्रो सर्त हो माके पार्टीको नेतृत्वमा भएका साथीहरुको वैचारिक एवम् राजनैतिक विचलन र बुर्जुवा जनवादी पार्टीमा पतन । यसमा पहिलो र निर्णायक सर्त प्रचण्डको राजनैतिक सक्रियतानै हो ।

यी सर्तहरुको बारेमा संक्षिप्त चर्चा गरौं । यदि प्रचण्डको राजनैतिक सक्रियता निरन्तर नराख्नेहो भने यो पार्टी स्वतह बिघटन हुने छ । किनकि त्यहाँ माओवादीको ट्रडमार्क राखेर बुर्जुवा राजनिति गर्ने मानिसहरुको दक्षता माथि पनि प्रश्न उठ्न सक्छ । यो तथ्य बाबुरामको नयाँ शक्तिले देखाएको हविगतले स्पष्ट गर्छ । र

क्रान्तिकारी राजनीतिकमा फर्कने सम्भावना ती साथीहरुको वैचारिक, राजनैतिक, सांस्कृतिक र संगठनात्मक स्पीरीटका हिसाबले समाप्त भैसकेको छ । नेपालको स्थानीय निर्वाचनमा देखिएको जनमतको सतही रुझान हेर्नेहो भने यो कुरा स्पष्ट देखिन्छ कि संसदीय व्यवस्थाको अन्तर्राष्ट्रिय प्रयोगको प्रभाव नेपालमा पनि जबर्जस्त रुपपमा परेको छ । संसदीय व्यवस्थाको अन्तराष्ट्रिय प्रभावले मानिसको मनोविज्ञानलाई दुई पार्टीमा धकल्यो । र संसदीय व्यवस्था रहीरहेको अवस्थामा यो एउटा चक्रको रुपमा चल्ने छ, जसले एमाले र कांगे्रस मध्ये एउटा कुर्चीमा र एउटा बाहिर भैरहने अवस्था सृजना गर्नेछ । तमाम देशवाशीले अनुमान गरेजस्तै विदेशीको बैसाषिमा उभ्याईएका, या उनिहरुको चाहनामा काम गर्ने नयाँ शक्ति, मधेसवादी, क्षेत्रीयतावादी, धार्मिक अन्धविश्वासवादी, सामन्तवादी सबै पार्टीहरु समाप्त भएका छन् र उनीहरुको राजनैतिक सरण भनेको नीति र कार्यदिशा अनुसार एमाले या काँग्रेस नै हुनेछन । यो अवस्था मुलत नेपाली जनताको राजनैतिक चेतनाले निर्धारण गरेको छ र सहायक रुपमा संविधानमा गरिएको राजनैतिक अराजकतावादलाई नियन्त्रण गर्ने प्राबधान “थ्रेशहोल्ड”को व्यवस्थाले । ३ प्रतिशत र एकजना अनिवार्य जित्नु पर्ने व्यवस्थाले पार्टी साना तिना पार्टीहरुका च्याँखे थापेर संसदीय अराजकताको फाईदा उठाउँदै माननीय र मन्त्री बत्रे दिन समाप्त भएका छन् । यो व्यवस्थाको प्रभाव स्वतह प्रान्तीय र केन्द्रीय चुनावमा पर्नेछ । माकेको प्रान्तीय सरकार कहिं बत्रे देखिदैन र केन्द्री चुनावमा जिताईएका मानिसबाहेक जनताको भोटले जित्ने एउटै मानिस देखिँदैनन् । सन्सदवादी प्रतिक्रियावाद बचाउन माकेबाट जिताउनै पर्ने मानिसहरुका पहिलो प्रचण्डनै हुनेछन्, दोस्रो माकेमा नभएपनि त्यही मूल्य र मान्यता बहन गर्ने बाबुराम भट्टराई, तेस्रोमा नारायणकाजी, बाँकी एक्का दुक्का बाहेकका साथीहरुको इन्ती–गिन्ती नहुन सक्छ । यसप्रकारको राजनैतिक परिवेशले माकेलाई ठुलो राजनैतिक संकटमा फसाउँनेछ । यतिवेला यदि प्रचण्डको ससंसद्वादी राजनैतिक सक्रियता कायम रहने हो भने उनको राजनैति गर्ने स्थल बनाउनु आवश्यक हुनेछ त्यो स्थान भनेको एमालेमा प्रवेश बाहेक अर्को हुने छैन ।

दोस्रो सर्त, माओवादीका बिरुद्ध प्रतिक्रियावादीहरुको खेदाई हो । माओवादी आन्दोलन भनेको प्रचण्ड बाबुराम या अरु कसैको स्वार्थको कुरा होईन । माओवादी आन्दोलन भनेको जनताको आमुल परिवर्तन, समाजवादी सत्ताको स्थापना, मानवजातीको स्वतन्त्रता र वैज्ञानिक समाजको निर्माण निर्माण गर्ने अभियान हो । यो अभियानमा विश्वका पुँजीवादी साम्राज्यवादीहरु जस्तै नेपालमा पनि उसका दलालहरु घनिभूत तरीकाले लागिरहेका छन । जसरी अहिले जनताका मुद्दाहरुः राष्ट्रियता, जनतन्त्र, जनजीवीकालाई कम्जोर पारिंदैछ, जुन तरीकाले अहिले प्रतिक्रियावादी सत्ताले कम्युनिस्टका विरुद्ध आक्रकण गरीरहेको छ त्यसबाट नवसंशोधनवादीहरु छटपटाई रहेका छन, र यो परिस्थितिले विचलितहरुका लागि सुरक्षित स्थान बनाउनु अनिबार्य हुनेछ । त्यस अवस्थामा अहिलेको माकेका लागि एमाले पार्टीनै यस्तो सुरक्षित स्थान हुनेछ । जहा उनीहरुले आफ्नो दक्षिणपंथी तथा दलाल पुँजीवादी यात्रालाई कम्युनिस्टका चे साईनबोर्ड भित्र सुरक्षित गर्न सक्नेछन । यो सम्भावना कांग्रेसमा प्रवेश गर्दा कति प्रयोगमा आउन सक्ला ? माकेका लागि कांग्रेसको रुख चिन्ह लिएर चुनावमा जान कार्यनैतिक रुपले जति सजिलो हुनेछ, सिधै पार्टीमा प्रवेश गर्नु त्यति सम्भव देखिने छैन । किनकि माक्र्सवादको दर्शनबाट प्रशिक्षित भएकाहरु संगठनात्मक क्षेत्रमा सामाजिक जनवादमा वर्लन गाह्रो हुनेछ । त्यसमा माकेकालागि एमालेको माक्र्सवाद कछुवाको खपेटा साबित हुनेछ । जसले हुरी झरी र अकस्मात हुने आपतकालमा टाउको र खुट्टा लुकाउने स्थान दिनेछ ।

माकेका निम्ति एमालेमा प्रवेश गर्न एमालेको एउटा नीति बाधक हुन सक्छ, त्यो भनेको दलाल पुँजीवादी खोल भित्र उसको सामन्तवादी रुझान हो । जसको उद्देस्य देशमा राजतन्त्र फर्काउनु हुन्छ । एमालेको यो नीति बुझेका प्रचण्डले माके पार्टीलाई गणतन्त्रवादी देखिएको कांग्रेससँग सरकारी गठबन्धनमा त पु¥याए, तर एमालेको नीयतलाई न उदा¨ो गर्न सके न भण्डाफोर । बरु भारतका अगाडि गरिएको लम्पसारवादी नीतिका कारण माके अत्यन्त रक्षात्मक बन्यो जुन कुरा अहिले पनि उनिहरु भत्र सक्ने छैनन् । तर सत्तामा टाँसिंरहनका लागि जे पनि गर्न तैयार हुने अवसरवादी एमाले नीतिका अगाडि प्रचण्डको बिबशतालाई प्रयोग गर्ने हजार उपायहरु निस्कने छन् । माके सहितको पार्टीले गणतन्त्रको निरन्तरतामा बिस्वथ बनाउन सक्दा उनिहरुको प्रवेशलाई सहज बनाईन सक्छ ।

तेस्रो सर्त हो माकेपार्टीमा भएका साथीहरुको गम्भीर वैचारिक एवम् राजनैतिक बिचलन । शान्ति प्रक्रियामा प्रवेश गरेदेखिनै तत्कालिन एमाओवादी र अहिलेको माके पार्टीमा यति गम्भीर राजनैतिक बिचलन देखा परेको छ कि उनिहरुका लागि कम्युनिस्ट सिद्धान्त नीति, देश र जनताका मुद्दाहरु, समाजवाद र साम्यवाद भनेको एकादेशको कहानि जस्तो भैसकेको छ । उनिहरुको बुद्धि, विवेक, चातूर्य, सौर्य, कान्ती, नैतिकता, अनुशासन तथा लक्ष उद्देस्य केबल सून चाँदीको तस्करी तथा विशाल योजना देखि चर्पीमासमेत घुसखोरी प्राप्त गर्नु, गोलमटोल शैलीमा मानिसलाई तिल–मिल पार्नुमा सिमित हुन पुगेको छ । यस प्रकारको कामले उनीहरुको जनतामा जाने नैतिकतासमेत समाप्त भएको छ । र त्यसले उनीहरुलाई राजनैतिक रक्षाको लागि एमालेमा प्रवेश गर्ने बाहेक अर्को बिकल्प दिने छैन ।

माकेपार्टीमा यी कठोर बिषयमा निर्मम समिक्षा चलोस् । र माओवादी राजनीति र नैतिकतामा फर्कन एकपटक चुनवाङसम्मका दस्तावेज र तयसपछिका हर्कतहरुको समिक्षा होस् । भत्रे हाम्रो कामना छ । नेपाली उखानमा “हेर्दा हेर्दै के ……भयी” भने जस्तै हेर्दा हेदै माके पार्टीको पटाक्षेप एमालेमा बिलय हुने अवस्था नआओस्, माकेको “निर्मम” समिक्षा गर्ने बैठकलाई यहि शुभकामना ।

१ साउन २०७३

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :