सिलगडीमा एबीएन च्यानलकोे कार्यालयमा बंगाल प्रहरीद्वारा ताला

काठमाडौं / साउन ८ :  सिलगढी मिडिया हाउसका कृतपक्षले पहाडमा चलिरहेको आन्दोलनलाई लिएर विभिन्न प्रकारका समाचारहरू नेपाली भाषामा प्रसारण गरेको भन्दै बंगाल प्रशासनले एबीएन च्यानलको कार्यालयमा भोटे ताला लगाएको छ । एसीपी अचिन्त्य गुप्तको नेतृत्वमा भक्तिनगर थाना प्रहरीले राती उक्त कार्यालय ताला लगाको हो । एबीएन  च्यानलका सीईओ स्वप्निल चटोपाध्यायले भने, ‘यसबारे पछि प्रतिक्रिया जनाउनेछु । यद्धपि मलाई एवं एचआरलाई भक्तिनगर थाना बोलाइएको छ । प्रहरीले कार्यालय ताला मारिसकेको छ । म यति भन्न सक्छु कि हामीले निष्ठापूर्वक सही खबर प्रसारण गरिरहेका थियौं ।’ गोर्खा जनामुक्ति मोर्चाको पक्षबाट यस घटनाको तीव्र प्रतिक्रिया जनाउँदै जबर्जस्ती गणतान्त्रिक आन्दोलनको समाचार रोक्ने प्रयास गरेको आरोप लगाइएको छ ।

गोर्खाल्यान्डको सन्दर्भमा साचो कुरा देखाउदा राज्य सरकारलाई सही नसक्नु भएको थियो । नेट बन्द गरिएको अवस्थामा एबीएन आन्दोलनरत अनि बन्दमा प्रभावित मानिसहरूका लागि एकमात्र लाइफलाइनको रुपमा रहेको थियो । अहिले कार्यालयको मूल ढोकामा भोटे ताला लगाइएको छ । मूल ढोका अघि प्रहरी तैनाथ गरिएको छ । कर्मचारीहरू मूल ढोका अगि बसिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :