अमेरिकामा मालबाहकभित्र ८ जना मृत फेला / २० जनाको अवस्था गम्भीर

काठमाडौं / साउन ८ : अमेरिका, टेक्सास राज्यको सान एन्टोनिओ शहरस्थित एउटा वालमार्टबाहिर पार्क गरिएको मालबाहकमा ८ जना मृत फेला परेको प्रहरीले जनाएको छ । अन्य २० जनालाई गम्भीर अवस्थामा फेला पारिएको छ । उनीहरुलाई स्थानीय अस्पताल पुर्याइएको छ । उनीहरुमध्ये केहीको शरीरमा पानीको मात्रा निकै कम पाइएको र केहीलाई लू लागेको अधिकारीहरुले बताएका छन् । उक्त ट्रक कहाँबाट आएको थियो भनी प्रहरीले खुलाएको छैन। मालवाहक चालकलाई  प्रहरीले पक्राउ गरिएको  बिबिसी उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :