माकेले कांग्रेससँग पार्टी एकता गरेहुन्छ – किरन

अम्बिका चन्द / काठमाडौं , साउन ९ : नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्य ‘किरन’ ले माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता सम्भावना नभएको भन्दै माकेलाई नेपाली कांग्रेससँग एकता गर्न सुझाव दिनुभएको छ । वैचारिक हिसावले माओवादी केन्द्र र आफ्नो पार्टी निकै टाढाको दुरीमा रहेको पनि उहाँको भनाई छ । अध्यक्ष वैद्यले सत्ताको लागि गरेको सहकार्य र चुनावमा गरिएको तालमेलले माकेले कांग्रेससँग नै एकतागर्दा राम्रो हुने बताउनुभएको छ । साथै हिजो कांग्रेस जुनशक्ति केन्द्रबाट परिचालित थियो । आज माओवादी केन्द्र पनि त्यही शक्तिबाट परिचालित भएको उहाँको भनाई छ । भविश्यमा कांगे्रससँग माओवादी केन्द्रको एकता हुन सक्ने सम्भावना रहेको पनि बैद्यले बताउनुभएको छ । विप्लव बैद्य लगायतका कम्युनिस्टहरुसँग प्रचण्डले गरेको पार्टी एकताको आह्वानको विषयलाई लिएर एक प्रेस विज्ञप्ति जारी गर्दै क्रामा अध्यक्ष बैद्यले माओवादी केन्द ्रबाहेक अरुविचार मिल्नेहरुसँग एकता गर्न सकिने पनि स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :