जनपत्रकार सङ्गठन नेपालका संयोजक विक रिहा

जनपत्रकार सङ्गठन नेपालका संयोजक विक रिहा

काठमाडौँ : जनपत्रकार सङ्गठन नेपालका संयोजक शेरबहादुर विक आइतबार रिहा भएका छन् । काठमाडौँबाट गिरफ्तार भएका विकलाई जिल्ला प्रशासन कार्यालय अछामले साधारण तारिखमा रिहा गरेको हो ।
सङ्गठनको कामको सिलसिलामा रहेका विकलाई राष्ट्रिय अनुसन्धान विभागको टोलीले गत पुस २० गते गिरफ्तार गरेको थियो । केही समय महानगरीय प्रहरी वृत्त महाराजगन्जको हिरासतमा राखिएका उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले साधारण तारिखमा रिहा गरेको थियो । रिहा भएलगत्तै उनलाई प्रहरीले पुनः गिरफ्तार गरी आछाम पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :