नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा १० महिनापछि रिहा

नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा १० महिनापछि रिहा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ १० महिनापछि आइतबार रिहा भएका छन् ।
रातो खबर साप्ताहिकका पूर्वनिर्देशक तथा माक्र्सवादी स्रष्टासमेत रहेका नेकपा केन्द्रीय सदस्य विरहीलाई मोरङ जिल्ला अदालतले साधारण तारेखमा रिहा गरेको हो । उनलाई प्रहरीले माघ ९ गते काभ्रेबाट १३ औँपटक गिरफ्तार गरी मोरङ पु¥याएको थियो । जिल्ला अदालत काभ्रेपलाञ्चोकले साधारण तारेखमा रिहा गर्न आदेश दिए पनि प्रहरीले आदेश अवज्ञा गर्दै उनलाई अदालतपरिसरबाटै गिरफ्तार गरेको थियो ।
गम्भीर घाइते तथा बिरामी रहेको अवस्थामा गत वैशाख २३ गते चितवनको भरतपुरस्थित भरतपुर मेडिकल कलेजबाट गिरफ्तार गरिएका नेता विरहीलाई अदालतले पटकपटक छोड्न आदेश दिए पनि प्रहरीले बारम्बार अदालतको आदेश अवज्ञा गर्दै गिरफ्तार गरेर झूट्टा मुद्दा थप्दै सुनसरी, उदयपुर, धनुषा, सङ्खुवासभा, भोजपुर, काठमाडौँ, ललितपुर, नुवाकोट, काभ्रे हुँदै मोरङ पु¥याएर गैरन्यायिक हिरासतमा रख्दै अएको थियो । विरहीको गैरन्यायिक गिरफ्तारीलाई लिएर नेकपाका साथै विभिन्न माक्र्सवादी साहित्यिक सङ्घसङ्गठनले समेत सरकारी कदमको विरोध गर्नुका साथै रिहाइको माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :