नेकपा गुल्मीले घमिर घटनामा संलग्नलाई कारबाही गर्ने

नेकपा गुल्मीले घमिर घटनामा संलग्नलाई कारबाही गर्ने

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी गुल्मीले जिल्लाको मालिका गाउँपालिका घमिरस्थित देवीस्थान मावि र वडा नं. ७ को कार्यालयमा भएको घटनाबारे सत्यतथ्य सार्वजनिक नगरे दोषीलाई कडा कारबाही गर्ने जनाएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी माहुरीले शनिबार वक्तव्य जारी गर्दै दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदार संलग्न रहेको जनगुनासो आएको भन्दै यसबारे पार्टीले अनुसन्धान गर्ने बताएका छन् ।

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ को कार्यालयबाट नगद चोरी, भौतिक सामग्री तोडफोड भनिएको तर पटकपटक एउटै प्रकृतिको घटना दोहोरिँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको र स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटना सार्वजनिक हुनुले दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको व्यापक जनगुनासो आएकाले यथासक्य छिटो छानबिन नगरिए पार्टीले अनुसन्धान गरी कडा कारबाही हुने माहुरीको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा माहुरीले भनेका छन्, ‘गत मङ्सिर ७ गते गुल्मीको मालिका गाउँपालिका वडा नं. ७ घमिरस्थित देवीस्थान माविमा निर्माण भइरहेको नयाँ भवनको दिवाल अज्ञात समूहले भत्काएको थियो । उक्त घटना सरकारी योजनामा नै केही स्वार्थसमूहले नियोजित घटाएको भनी स्थानीय जनगुनासो रहँदै आएको छ ।’

वक्तव्यमा भनिएको छ, ‘उक्त गाउँपालिकाकै वडा नं. ७ को कार्यालयबाट असोज १० गते ६० हजार नगद, पुस ९ गते ३० हजार नगद र एक थान ल्यापटप, माघ ७ कार्यालयमा रहेको एक थान कम्प्युटर चोरी र अन्य भौतिक सामग्रीमाथि तोडफोड भएको भनिएको छ । पटकपटक एउटै कार्यालयबाट एउटै प्रकृतिका घटनाहरू दोहोरिरहँदा पनि सम्बन्धित निकाय मौन रहनुले घटना रहस्यमय बन्दै गएको छ । साथै स्थानीय जनताले लगाएको केराघारी फाँडेको घटनासमेत सार्वजनिक भएको छ । यी दुवै घटनामा स्थानीय निकाय, जनप्रतिनिधि र केही ठेकेदारसमेत संलग्न रहेको भनी व्यापक जनगुनासो आएको हुँदा उक्त घटनाबारे यथासक्य छिटो सत्यतथ्य छानबिन गरी सार्वजनिक नगरे पार्टीले अनुसन्धान गरी कडा कारबाही गर्ने जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :