धनुषा र महोत्तरीमा जुलुस

धनुषा र महोत्तरीमा जुलुस

काठमाडौँ : नेकपाले आज आयोजना गरेको नेपाल बन्द सफल बनाउन नेपाल कम्युनिस्ट पार्टी धनुषा र महोत्तरीले जुलुस निकालेको समाचार प्राप्त भएको छ ।

धनुषा जिल्लाको मिथिला नगरपालिकामा शुक्रबार बेलुका मशाल जुलुस गरिएको हो । उक्त जुलुसमा सहभागीलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य देवनारायण शाहले फासिवादी सरकार र संसदीय व्यवस्थालाई अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना भएपछि मात्र श्रमिक–मधेसी जनताको मुक्ति हुने बताए । उनले जनताको बलबाट फासिवादी केपी वली सरकारलाई अपदस्त गर्नुपर्ने बताए । उनले राष्ट्रको ढुकुटी लुट्नका लागि संसद्वादीहरू सत्तामा गएर झगडा गरिरहेकाले यो व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवाद नै उपयुक्त विकल्प भएको बताए ।

यस्तै महोत्तरीको गौशालामा मधेसी राष्ट्रिय मुक्ति मोर्चाको नेतृत्वमा मशाल जुलुस निकालिएको छ । मधेसी मुक्ति मोर्चाका तर्फबाट वर्तमानले जुलुसको नेतृत्व गरेका थिए । जुलुसमा एकीकृत जनक्रान्ति जिन्दावाद, फासिवादी केपी वली सरकार मुर्दावाद, सम्पूर्ण राजबन्दी रिहा गरलगायत नारा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :