भोलिको नेपाल बन्द सफल पार्न नेकपा लमजुङको आह्वान, नेता कञ्चन, जिल्ला सदस्य रवीन्द्रलगायतको गिरफ्तारीविरुद्ध आक्रोश

भोलिको नेपाल बन्द सफल पार्न नेकपा लमजुङको आह्वान, नेता कञ्चन, जिल्ला सदस्य रवीन्द्रलगायतको गिरफ्तारीविरुद्ध आक्रोश

काठमाडौँ : नेकपा लमजुङले जिल्ला पार्टी सदस्य रवीन्द्र नखोलालाई केपी वली सरकारले शुक्रबार बिहान घरबाटै गिरफ्तार गरेकोमा घोर निन्दा र भत्र्सना गर्दै अविलम्ब रिहाइको माग गरेको छ । वली सरकारले जनताको घरआँगनमा बसेर जनताको सेवा गरिरहेका पार्टी नेता–कार्यकर्तालाई गिरफ्तार गरेकोमा नेकपा लमजुङले आक्रोश पनि व्यक्त गरेको छ ।

वली सरकारले कायरतापूर्वक गिरफ्तार गरेका नेकपा केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत सम्पूर्ण नेता–कार्यकर्ताको अविलम्ब, बिनासर्त रिहाइको माग गर्दै भोलि माघ १० गतेका लागि घोषित नेपाल बन्द सफल पार्न पनि नेकपा लमजुङले आह्वान गरेको छ ।

जिल्ला इन्चार्ज आक्रोश र सेक्रेटरी गौरवले विज्ञप्ति जारी गरी विदेशी दलाल बनेका संसद्वादी दलहरू दलाल पुँजीवादी सत्ताको रक्षाका लागि लुछाचुँडी गर्दै र विद्रोही शक्तिप्रति क्रूर बन्दै गएकाले शक्तिशाली प्रतिरोध आवश्यक भएको उल्लेख छ । विज्ञप्तिमा पार्टीका दुई सयभन्दा बढी नेता–कार्यकर्तालाई अझै झूट्टा मुद्दा लगाएर जेल र हिरासतमा राखिएको र वली सरकार झन्झन् निरङ्कुश बन्दै गएको भन्दै दलाल पुँजीवादी सत्ताविरुद्ध वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न पनि आमजनसमुदायलाई आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :