नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन र सांस्कृतिक कार्यक्रम

नेकपा नेता कञ्चनको गिरफ्तारीविरुद्ध सामना परिवारको प्रदर्शन र सांस्कृतिक कार्यक्रम

समर झुसे : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लगायत सम्पूर्ण राजबन्दीको रिहाइ माग गर्दै अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले बुधबार विरोध प्रदर्शन र सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

सामना परिवारले मुलुकको पश्चिमी भूभागमा आयोजना गरेको कार्यक्रममा नेकपाका एक केन्द्रीय सदस्यले सम्बोधन गरेका थिए । उनले दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवादी सत्ताको भ्रूण तयार भइसकेको र एकीकृत जनक्रान्ति सफलताको शिखरतर्फ उक्लिँदै गएको बताएका थिए ।

सांस्कृतिक कार्यक्रम र विरोध प्रदर्शनमा सयौँ जनसमुदाय सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :