प्रहरी नै तस्करीमा संलग्न

काठमाडौं/ साउन ८ : मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले तस्करसँग साँठगाँठ गरेको आरोपमा ६५ जना प्रहरीलाई कारवाही गरेको छ । तस्करसँग साँठगाँठ राखेको अभियोगमा प्रहरी जवानदेखि प्रहरी अधिकृतविरुद्ध कारवाही प्रक्रिया सुरु गरिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रमुख प्रहरी उपरीक्षक गणेश केसीले बताएका हुन् । भारत सिमानामा तस्करसँग साँठगाँठ गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजेन्द्रबाबु रेग्मीलाई मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडामा तानेर विभागीय नसिहत गरिएको छ । यसअघि बाराका एसपी नरेन्द्र उप्रेतीलाई सुपारी तस्करसँग मिलेको अभियोगमा मध्य क्षेत्रीय प्रहरी कार्यालयले कारवाही स्वरूप विभागीय लिखित नसिहत दिएको थियो । पर्साका प्रहरी सहायक निरीक्षक तथा जवानहरूलाईसमेत क्षेत्रीय कार्यालयमा तानेर कारवाही गरिएको केसीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :