पार्टी एकताको लागि छलफल पनि असम्भव – नेकपा

अम्बिका चन्द / काठमाडौं , साउन ८ : राजनैतिक वैचारिक कार्यदिशाको अभावमा दिशाविहिन बन्न पुगेको प्रचण्ड नेतृत्वको माओवादी केन्द्र स्थानीय तहको चुनावमा हार बेहोरेपछि यता गर्दा भलो हुन्छ कि उता गर्दा भलो हुन्छ भन्ने स्थितिमा पुगेको छ ।
विश्वकै सवैभन्दा ठूलो केन्द्रीय समिति बनाएर सबैतिरबाट आलोचित माकेको हालै सम्पन्न केन्द्रीय समिति वैठकमा प्रचण्डले पेश गरेको ‘विप्लव र वैद्यसँग एकता गर्नुपर्छ’ भन्ने प्रस्ताव सञ्चारमाध्यममा आयो । तर अहिले एकीकृत जनक्रान्तिको बाटोबाट वैज्ञानिक समाजवादको लक्ष्यमा अगाडि बढेको नेकपा र संसदवादको दलदलमा भासिएको माकेबिच पार्टी एकताको लागि छलफलसमेत असम्भव रहेको बताइन्छ । नेकपाले पार्टी एकीकरण तथा धु्रवीकरण सम्बन्धि आफ्नो नीति स्पष्टरुपले अगाडि सारेको छ ।

पार्टी एकताको लागि वर्तमान राज्य व्यवस्थालाई हेर्ने समानखालको दृष्टिकोण, सर्वहारावर्गीय कम्युनिस्ट पार्टीको मान्यता, महान सर्वहारा साँस्कृतिक क्रान्तिप्रतिको बुझाइमा समानता, एकीकृत जनक्रान्ति हुँदै वैज्ञानिक समाजवादमा पुग्ने कार्यनीति र रणनीतिमा सहमत हुनुपर्ने नेकपाले अगाडि सारेका आधारभूत शर्त छन् । अहिले सशक्त क्रान्तिकारी धारको नेतृत्व गरिहरेको विप्लव नेतृत्वको नेकपा र कम्युनिस्ट पार्टीमा हुनुपर्ने आभारभूत सिद्धान्त, मूल्य मान्यतासमेत छोडेर क्रान्तिकारी लाईनबाट धेरै टाढा गई संसदवादमा पतन भइसकेको प्रचण्ड नेतृत्वको माकेबीच छलफल नै संभव नभएको नेकपाका एक नेताले बताएका छन् । तर क्रान्तिकारी धुव्रीकरण प्रक्रिया भने जारी रहने ती नेताको भनाई छ ।

अझ त माकेका कतिपय नेता कार्यकर्ताहरुले स्थानिय तहको चुनावको बेला प्रशासनसँग मिलेर नेकपाका नेता कार्यकर्ता गिरफ्तार गराउने, सुराकी गर्ने, वर्गशत्रुकै जस्ता गतिविधि गरेकोले नेकपा र माकेविपरित धु्रवमा रहेका छन् भन्ने जो कसैलाई पनि बुझ्न गाह्रो छैन । त्यसैले पनि नेकपा र माओवादी केन्द्रबिच तत्काल पार्टी एकता सम्बन्धि छलफल पनि सम्भावना छैन । तर कतिपय विषयहरु राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, अखण्डता जस्ता मुद्दामा भने देशभित्र रहेका विभिन्न शक्तिहरुसँग संयुक्त मोर्चा बनाउने र सहकार्य गर्न सकिने कुरा भने नेकपा स्वयंले बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :