एमाले नेता माधव नेपालको सवारी साधन तोडफोड


अम्बिका चन्द / काठमाडौं, साउन ८ : नेकपा (एमाले) का नेता माधवकुमार नेपालको सवारी साधनमा अज्ञात समूहले तोडफोड गरेको छ । नेपालको बा. ५ च. २७५० नम्वरको रातो प्लेटवाला सवारी साधन तोडफोडमा परेको हो । पुष्पलालको स्मृतिमा आयोजना गरीएको कार्यक्रममा सहभागी हुन शनिबार रामेछापको मन्थली पुगेका नेता नेपालको सवारी साधन पार्किङ गरिराखेको अवस्थामा आइतबार तोडफोड भएको हो । तोडफोडमा संलग्न रहेको आशंकामा प्रहरीले कांग्रेस २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :