लमजुङमा आगलागी हुँदा ३ वटा घरमा पूर्ण क्षती

काठमाडौं / साउन ८ : लमजुङ, सदरमुकाम बेसीशहर–७, स्थित उमाविचोकको एउटा घरमा शनिबार राति १ बजेर २० मिनेट जाँदा आगलागी हुँदा ३ वटा घर पूर्ण रुपमा क्षती भएका छन् । रामबहादुर विकको सुनचाँदी पसल, मिना अधिकारीको फलफुल तथा तरकारी पसल र कृष्ण विकको किराना पसल पूर्ण रुपमा क्षती भएको हो । ३ वटै घर हेमप्रसाद घिमिरेको रहेको खुल्न आएको छ । उनले सबै पसल भाडामा लगाएका थिए । आगलागी हुँदा २० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । दुवै पसलमा रहेको सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक समिरचन्द्र खरेलले बताए । पसलमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको इन्सपेक्टर बुद्धिसागर पुरीले बताए । प्रहरी र स्थानीयले विद्युत् आउने जाने समस्या साथै हाइ भोल्टेज आउनेजाने समस्याले फ्रिजमा विद्युत् सर्ट हुन गई आगलागी भएको हुनसक्ने बताएका छन् । आगलागी नियन्त्रका क्रममा २ जना प्रहरी सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :