चार पार्टीले गरे नेकपा नेता बास्तोलाको गिरफ्तारीको घोर भत्र्सना

वली सरकारको कदम फासिवादी भएको निष्कर्ष, बिनासर्त तत्काल रिहा गर्न माग

चार पार्टीले गरे नेकपा नेता बास्तोलाको गिरफ्तारीको घोर भत्र्सना

काठमाडौँ : वर्तमान दलाल पुँजीवादी सत्ताको विकल्पमा वैज्ञानिक समाजवाद स्थापना गर्न दीर्घकालीन रणनीतिक संयुक्त मोर्चा निर्माण गरेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले प्रेस वक्तव्य जारी गर्दै केपी वली सरकारले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत अन्य तीनजनालाई गिरफ्तार गरेकोमा निन्दा र भत्र्सना गरेका छन् ।

भिन्न विचार राखेकै कारण गरिएको उक्त गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य रहेको चार पार्टीका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा नेकपा नेता बास्तोलालगायतको गिरफ्तारीको तीव्र विरोध तथा भत्र्सना गर्दै अविलम्ब र बिनासर्त रिहाइको माग गरिएको छ ।

चार पार्टीद्वारा जारी संयुक्त प्रेस वक्तव्यमा भनिएको छ, ‘यही २०७७ साल पुस २९ गते नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य क. धर्मेन्द्र बास्तोलालगायत अन्य तीनजनालाई नेपाल सरकारले गिरफ्तार गरेको छ । भिन्न विचार राखेकै कारण गरिएको उहाँहरूको गिरफ्तारी वली सरकारको घोर निन्दनीय र फासिवादी कार्य हो ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हामी यस गिरफ्तारीको तीव्र विरोध तथा भत्र्सना गर्दै उहाँहरूको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दछौँ । साथै उहाँहरूलगायत बन्दी जीवन बिताइरहनुभएका सम्पूर्ण राजबन्दीहरूको रिहाइका लागि दरो आवाज उठाउन हामी सम्पूर्ण वामपन्थी, प्रगतिशील, मानवअधिकारवादी, गणतन्त्रवादी तथा देशभक्त शक्ति एवम् व्यक्तित्वहरूलाई विशेष अनुरोध गर्दछौँ ।’ वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :