ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

सन्दर्भ : २५ औँ बेथान वीरता दिवस

ऐतिहासिक बेथानलाई पुनः एकचोटि सम्झँदा

नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाका प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘सङ्घर्षको रूप युद्ध, पार्टीको रूप फौजी’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजाराैँ फौजी वा गैरफौजी कारबाही टिमबद्ध रूपमा सम्पन्न भएका थिए । उक्त कारबाही सम्पन्न गर्नका लागि स्वयम्सेवक दल, सुरक्षा दल, लडाकु दल निर्माण गरेर जनसेना निर्माणको प्रारूप खडा गरिएको थियो ।

पृष्ठभूमि

सम्झँदा लाग्छ, घटना भर्खरको हो तर पात्रो पल्टाएर हेर्दा दुईवटा हिउँद बितिसकेका छन् । जति–जति समय बित्दै जान्छ, उति–उति घटनाको सम्झना कमी आउनुपर्ने हो तर कतिपय घटना र व्यक्तित्व त्यस्ता हुँदा रहेछन्, समयको प्रवाह र गतिशीलताका पनि झन्–झन् जीवन्त र ताजा यथार्थको उद्बोधन गर्ने तथा भविष्यका निम्ति मार्गनिर्देशन गर्ने बनेर स्मृतिपटलमा आइरहेको हुने रहेछ । त्यस्ता खालका घटनाले हरबखत अगाडि बढ्नका लागि मार्गनिर्देशन गरिराखेको हुन्छ ।

ठीक आजभन्दा दुई वर्षअगाडि पुस १९ गते राती नेकपा (माओवादी), पूर्वाञ्चल ब्युरोअन्तर्गत रामेछापको बेथानमा छापामार दस्ताबाट सशस्त्र फौजी कारबाही सम्पन्न भएको थियो । सोही फौजी कारबाहीका पूर्वाञ्चल उपक्षेत्रीय ब्युरोका सदस्य तथा छापामार कमान्डर क. तीर्थ गौतम, छापामार सदस्य क. दिलमाया बम्जन, र क. फत्तबहादुर मगर (स्माली) ले दुस्मनविरुद्ध लड्दालड्दै सहादत प्राप्त गर्नुभएको थियो । बेथान कारबाहीका सन्दर्भमा जनयुद्धको विकासको सापेक्षित अवस्था, दुस्मनको फौजी शक्ति र सतर्कता आदि सबै कुरोलाई हेर्ने हो भने उक्त कारबाही बहुआयामिक र दूरगामी महत्वको रहेको छ । यो कारबाहीको अन्तर्यमा पुगेर अध्ययन गर्ने हो भने राजनीतिक र फौजी दुवै पक्षमा हरेक समस्याको समाधानका कुँजीका रूपमा, ऐतिहासिक महत्वको घटनाका रूपमा नयाँ पुस्ता र युगलाई प्रेरणाको पुञ्ज बनिरहेको छ बेथान ।

जनयुद्धले आफ्नो थालनी योजनाको सम्पूर्ण लक्ष्य र उद्देश्य शतप्रतिशत हासिल गरेर थालनीको योजनाअन्तर्गत, ‘योजनाबद्ध ढङ्गले छापामार इलाका निर्माण गरौँ’ भन्ने मूल नारासहित २०५३ साउन महिनादेखि नै दोस्रो योजना शानदार ढङ्गले अघि बढिरहेको थियो । उक्त योजनाको मूल उद्देश्य (क) छापामार इलाकाको निर्माण गर्ने, (ख) युद्धसामग्री कब्जा गर्ने र दुस्मनको शक्ति छिन्नभिन्न गर्ने र, (ग) छापामार इलाका निर्माणका लागि व्यापक जनपरिचालन गर्ने गरी जम्मा तीनवटा रहेका थिए । प्रारम्भिक अवस्थामै दोस्रो योजना अद्भुत ढङ्गले देशव्यापी रूपमा सफल भइरहेका थिए । यसका विरुद्ध दुस्मनको शक्तिसमेत हत्या, हिंसा, दमन र धरपकड नयाँ–नयाँ हथकण्डाहरू अवलम्बन गर्दै जनयुद्धको गला रेट्ने भगीरथ कोसिस गरिरहेको थियो । दुस्मन दोस्रो योजनालाई हरतरहले विफल पार्न र माओवादीलाई तहसनहस पार्न प्रयत्नशील थियो । यस्तो कठिन परिस्थितिमा उच्च साहस, शौर्य र विवेकको उचित सन्तुलनबेगर दुस्मनको फौजी अखडामा धावा बोलेर घरेलु र कमसल हतियारले परास्त पार्न प्रायः सम्भव थिएन । जब सिङ्गो पार्टी र योजनाको उद्देश्यले उच्च फौजी कारबाहीको अपेक्षा गरिएको थियो ठीक त्यही परिस्थितिमा बेथान फौजी कारबाहीका बारेमा उत्कर्ष बन्न पुग्यो । यस कारबाहीका बारेमा प्रशस्त प्रकाश पार्ने काम भएका छन् तर हाल महान् आधारइलाका निर्माण गर्ने सन्दर्भमा अझ सो कारबाही र त्यहाँ बगेको रगतको मर्म र अर्थलाई गहिराइका साथ आत्मसात गर्नुपर्ने आवश्यकता खट्किएको छ । यसर्थ यसको गहिराइलाई निम्नरूपमा चर्चा गर्ने र बुझ्ने कोसिस गरिएको छ :

युद्धलाई शान्त, सभ्य, शालीनतापूर्वक सोच्नु र अपेक्षा राख्नु फगत आदर्शवाददेखि अरू केही हुन सक्दैन । युद्धमा बलिदानदेखि डराएर तिघ्रा कमाउनुको अर्थ हुन्छ, अन्ततः युद्ध नै नगर्नु । मात्र कुरो के भने युद्धमा रगत उचित र सचेत ढङ्गले बग्छ कि बग्दैन भन्ने नै हो ।

मालेमावादप्रति प्रतिबद्ध बेथान कारबाही

संसारमा थुप्रै प्रकारका विद्रोह जन्मने गर्दछन् । अन्ततः ती विद्रोहहरू मालेमासम्मत नहुँदा र माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौम सच्चाइलाई आफ्नो विशिष्टतामा सिर्जनात्मक ढङ्गले लागू गर्न नसक्दा असफलतामा टुङ्गिने गर्दछन् । इमानदारीपूर्वक असल नियतले विद्रोहको झन्डा उठाउनु मात्र पर्याप्त मानिँदैन । त्यसलाई एकपछि अर्काे विजयको शिखरमा उठाउन र टिकाइराख्नका निम्ति मालेमावादका जाललाई कुशलतापूर्वक व्यवहारमा लागू गर्न सक्नुपर्दछ । चाहे त्यो एउटा कार्यनीतिक सवाल होस्, चाहे रणनीतिक सवाल नै किन नहोस् । मालेमावादको उचित समायोजनको र प्रयोगद्वारा मात्रै कुनै पनि युद्धलाई विजयसम्म पुर्याउन सकिन्छ । मालेमावादको सही प्रतिबद्धता, दृष्टिकोण, चिन्तन, व्यवहार र क्षमताको उचित समायोजनको अभावमा कुनै पनि विद्रोह विजयसम्म पुर्याउन सकिँदैन । क्रान्तिकारी युद्धमा आत्मसुरक्षावाद र दुस्साहसवाद दुवै हानिकारक सिद्ध हुने गर्दछन् । मालेमावादलाई सही रूपमा पकड्न नसक्दा युद्ध कि आत्मसुरक्षावाद कि त त दुस्साहसवादमा फस्नु अनिवार्य छ । दुवै प्रकृतिको वर्ग निम्नपुँजीवादी वर्ग भएकाले यसको विसर्जनमा पतन पनि त्यत्तिकै अनिवार्य छ । यो जसरी समग्र युद्धमा लागू हुन्छ किनकि दृष्टिकोणको अभिव्यक्ति रूप नै व्यवहार भएकाले हरेक कार्यनीतिक प्रश्न वा कारबाहीमा समेत मालेमावाद पेचिलो ढङ्गले लागू भएको हुन्छ । त्यस्तै, बेथानमा बगेको रगत राजनीतिक रूपमा अकर्मण्यतावाद र फौजी रूपमा आत्मसुरक्षावादविरुद्धको एक सशक्त द्योतक हो भन्ने कुरामा दुई मत हुनै सक्दैन ।

युद्धलाई शान्त, सभ्य, शालीनतापूर्वक सोच्नु र अपेक्षा राख्नु फगत आदर्शवाददेखि अरू केही हुन सक्दैन । युद्धमा बलिदानदेखि डराएर तिघ्रा कमाउनुको अर्थ हुन्छ, अन्ततः युद्ध नै नगर्नु । मात्र कुरो के भने युद्धमा रगत उचित र सचेत ढङ्गले बग्छ कि बग्दैन भन्ने नै हो । त्यसैले, महान् सहिद क. तीर्थ गौतमले भन्नुभएको थियो, ‘सहिदहरू दुईप्रकारका हुन्छन् : एकथरी बनाइएको हुन्छ भने अर्काथरी बनेका हुन्छन् ।’

सर्वहारावादी उच्च नैतिकता र आदर्शको प्रतीक बेथान

युद्धमा थुप्रै मान्छेहरू आउने गर्छन् जो माक्र्सवाद–लेनिनवाद–माओवादको ज्ञानले पोख्त त हुन्छन् तर साँचो अर्थमा सर्वहारा बन्न सकिराखेका हुँदैनन् । एकैचोटि यो बन्नु सम्भव पनि छैन । सर्वहारा वर्ग बन्नु भन्नाको मतलब हो, उसको सांस्कृतिक रूपान्तरण सर्वहारासम्मत हुनु । पुरातन, रूढिवादी, सामन्ती, निम्नपुँजीवादीमा प्रतिगामी सांस्कृतिक आचरणको परित्याग र प्रगतिशील, ऊध्र्वगामी वैज्ञानिक चिन्तन र सोचको अनुसरण नै सर्वहारावादी संस्कृतिको झिल्को हो । क्रान्तिकारी नेतृत्व र योद्धाले जबसम्म सर्वहारावादी उच्च नैतिकता र आदर्शलाई आफ्नो आचरण बनाउन सक्दैन, तबसम्म ऊ अविराम रूपमा युद्धलाई हाँक्न र लागिरहन असमर्थ हुन्छ । व्यक्तिवाद, जातिवाद, क्षेत्रीयतावाद र अन्ततः सङ्कीर्ण राष्ट्रियतावादसमेत गैरसर्वहारावादी चिन्तनका कसिला अभिव्यक्ति हुन् । यी सबै चिन्तनका विरुद्ध सर्वहारावादी हित र मुक्तिका निम्ति आफ्नो प्राणको उत्सर्ग गर्नु नै सर्वहारा वर्ग आदेश अन्तर्निहित रहेको ठहर्छ । यस्तो गैरसर्वहारा प्रवृत्ति हरेक खालको कारबाहीमा समेत झल्कने गर्दछन् तर बेथान कारबाहीमा बगेको रगत अत्यन्तै उच्च र महान् छ । त्यहाँ क्षेत्रीयतावादका नमीठा सीमारेखालाई तोडेर उदात्तभावका साथ काभ्रेको रगत बेथानमा बगेको छ ।

सर्वहारा वर्ग बन्नु भन्नाको मतलब हो, उसको सांस्कृतिक रूपान्तरण सर्वहारासम्मत हुनु । पुरातन, रूढिवादी, सामन्ती, निम्नपुँजीवादीमा प्रतिगामी सांस्कृतिक आचरणको परित्याग र प्रगतिशील, ऊध्र्वगामी वैज्ञानिक चिन्तन र सोचको अनुसरण नै सर्वहारावादी संस्कृतिको झिल्को हो । क्रान्तिकारी नेतृत्व र योद्धाले जबसम्म सर्वहारावादी उच्च नैतिकता र आदर्शलाई आफ्नो आचरण बनाउन सक्दैन, तबसम्म ऊ अविराम रूपमा युद्धलाई हाँक्न र लागिरहन असमर्थ हुन्छ ।

क्रान्तिकारी वीरता, साहस र विवेकको अनुपम सङ्गमको प्रतीक बेथान

युद्ध रक्तपातपूर्ण राजनीति हो । त्यसैले युद्धमा रगत बग्नु अनिवार्य नियम हो । क. शैशवले भन्नुभएझैँ ‘रगत क्रान्तिको ऊर्जा हो ।’ त्यस्तै, माओले ‘युद्धमा बलिदानदेखि नडराई लगातार लड्दै जाऊ’ भन्नुभएको छ । युद्धलाई शान्त, सभ्य, शालीनतापूर्वक सोच्नु र अपेक्षा राख्नु फगत आदर्शवाददेखि अरू केही हुन सक्दैन । युद्धमा बलिदानदेखि डराएर तिघ्रा कमाउनुको अर्थ हुन्छ, अन्ततः युद्ध नै नगर्नु । मात्र कुरो के भने युद्धमा रगत उचित र सचेत ढङ्गले बग्छ कि बग्दैन भन्ने नै हो । त्यसैले, महान् सहिद क. तीर्थ गौतमले भन्नुभएको थियो, “सहिदहरू दुईप्रकारका हुन्छन्, एकथरी बनाइएको हुन्छ भने अर्काथरी बनेका हुन्छन् ।” ठीक कुरा त्यही हो । युद्धका हरेक योजना र चरणहरू उचित ढङ्गले बन्छन् कि बन्दैनन् भन्ने नै हो । त्यसैले बेथान कारबाहीपूर्व एकजना जिम्मेवार कमरेडसँग कुरा गर्दै क. तीर्थ गौतमले भन्नुभएको थियो, “अब रगत अलि माथिल्लो तहबाट बगाउनुपर्छ ।’ त्यस्तै, सोही कारबाहीमा प्रस्थान गर्नुअघि पनि उहाँले दृढतापूर्वक एकजना छापामारलाई “तिमी पहिला रगत बगाऊ” भन्नुभएको थियो । उहाँको यो महान् उद्गारलाई उहाँले कारबाहीमा वीरतापूर्वक लडेर आफ्नै जीवनमा कार्यान्वयन गरेर देखाउनुभयो । वर्गदुस्मनको फौजी किल्लामा आफ्नो रगत बगाएर जनयुद्धको विकासलाई अर्काे मञ्जिलमा उठाउनुभयो । त्यसैले बेथान कारबाहीमा बगेको रगत तमाम क्रान्तिकारीहरूलाई वीरता, साहस र विवेकले प्रज्वलित भएको प्रेरणापुञ्जको उपहार हो जहाँ यसको अत्यधिक मात्रामा अभिव्यक्त भएको पाइन्छ । त्यसैले नेकपा (माओवादी), पूर्वाञ्चल क्षेत्रीय ब्युरोले पुस १९ गतेलाई ‘वीरता दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ जसमा भनिएको छ, “बेथानले देखाएको बाटोमा अघि बढौँ ! पुस १९ गते वीरता दिवस मनाऔँ !”

छापामार युद्धकौशलको भरपूर उपयोग भएको बेथान

जब दुस्मन फौजी रूपमै अत्यधिक श्रेष्ठतामा हुन्छ, त्यस अवस्थामा कमजोर फैजी क्षमताद्वारा परास्त गर्न गाह्रो पर्ने गर्दछ । त्यस स्थितिमा कार्यनीतिक रूपमा एकका विरुद्ध दसको शक्ति प्रयोग गर्नु र छापामार युद्धकलाको प्रयोग गर्नु नै एक मात्र विकल्प रहन्छ । जतिखेर बेथान कारबाही सम्पन्न हुन लागेको थियो, त्यस अवस्थामा एकातिर जनताको फौजी क्षमता दुस्मनको सापेक्षतामा अत्यन्तै न्यूनः कोटीमा थियो भने अर्काेतिर हाम्रो योजना दुस्मनसम्म एक्सपोज भएको स्थिति थियो । त्यस जटिल असाधारण परिस्थिति सिर्जना भएको बेला दुस्मनको अत्यधिक सतर्कता (चौबीसै घन्टा एलर्ट पोजिसनमा) को बाबजुद पनि बेथान कारबाही शानदार ढङ्गले सम्पन्न गरेर विजयपश्चात् पनि आफ्ना सम्पूर्ण फौज र उपलब्धिको एकरत्ति पनि क्षति नपुर्याई संरक्षण गर्न सक्नु त्यत्तिकै महत्वको विषय थियो । तसर्थ उक्त कारबाहीमा छापामार युद्धकला ‘हान र भाग’ को प्रचुर मात्रामा प्रयोग भएको थियो ।

जनसेना निर्माणको उद्गम–बिन्दुका रूपमा बेथान

हुनत नेकपा (माओवादी) ले महान् जनयुद्ध सुरु गरेदेखि नै आफ्नै पार्टीको संरचनालाई फौजी बनाउने कुरामा प्रमुख जोड दिएको थियो । आफ्नो पहिलो थालनीको योजनाका प्रमुख तीन उद्देश्यहरूमध्ये पहिलो उद्देश्य भनेको ‘सङ्घर्षको रूप युद्ध, पार्टीको रूप फौजी’ भन्ने कुरालाई आत्मसात गरेको थियो । सोहीअनुरूप थालनीको योजना नै देशव्यापी रूपमा हजारौँ फौजी वा गैरफौजी कारबाही टिमबद्ध रूपमा सम्पन्न भएका थिए । उक्त कारबाही सम्पन्न गर्नका लागि स्वयम्सेवक दल, सुरक्षा दल, लडाकु दल निर्माण गरेर जनसेना निर्माणको प्रारूप खडा गरिएको थियो जुन अद्यावधि जनसेनाको आधारभूत शक्तिका रूपमा क्रियाशील रहेका छन् । त्यति नै बेला निर्माण भएका लडाकु दलको परिष्कृत र विकसित रूप नै वास्तवमा हिजोका छापामार दस्ता र आजको प्लाटुन दस्ता हो भन्न सकिन्छ तर बेथान कारबाही नेपाली क्रान्तिकारी इतिहासकै एउटा कोसेढुङ्गाका रूपमा स्थापित बन्न पुगेको छ जुन कारबाहीमा जनताका सेनाहरू दुस्मनको फैजी किल्लामाथि धावा बोलेर घन्टौँसम्म दोहोरो भिडन्त गरी ऐतिहासिक विजय हासिल गर्न सफल भए । अहिले भएका हरेक कारबाहीहरू बेथान कारबाहीको निरन्तर रूप हुन् भन्दा अतिशयोक्ति नहोला । त्यसैले यो दिनलाई नेकपा (माओवादी) पूर्वाञ्चल क्षेत्रीय ब्युरोले क्षेत्रीय स्तरमा ऐतिहासिक वीरता दिवसका रूपमा पुस १९ गते मनाउने निर्णय गरेको छ । त्यसैले बेथानको कारबाही जनसेना निर्माणको उद्गम–बिन्दु पनि हो भन्न सकिन्छ ।

दोस्रो चरणको अन्तिम निष्कर्षमा भने कुनै कारबाही पुग्न सकिरहेका थिएनन् । जतिखेर राजनीतिक रूपमा अकर्मण्यतावाद र फैजी रूपमा आत्मसुरक्षावादको पार्टीभित्र प्रवेश गरेको खतरा थियो । त्यसलाई ठीक समयमा पहिचान गरेर जसले उच्च साहस, शौर्य र विवेकको प्रतीकका रूपमा बेथान कारबाही भयो । साँच्चिकै यस कारबाहीले वर्गदुस्मनको मनोबल गिराउन र जनताको मनोबल उठाउन ठूलो मद्दत गर्यो ।

दोस्रो योजनाको उत्कर्ष बिन्दु बेथान

दोस्रो योजना जनयुद्धको निरन्तर योजनाको पहिलो चरण थियो । यो योजनाको मुख्य उद्देश्य भनेका मूलतः तीनवटा थिए : (क) योजनाबद्ध ढङ्गले छापामार इलाकाको निर्माण गर्नु, (ख) व्यापक रूपमा जनपरिचालन गर्नु र, (ग) दुस्मनसँग रहेको युद्धसामग्री कब्जा गर्नु । यस चरणमा पहिलो र दोस्रो उद्देश्य अत्यधिक र अपेक्षाकृत ढङ्गले नै हासिल भइराखेका थिए । तेस्रो उद्देश्यका निम्ति देशैभर भरपूर कोसिस भएको थियो । यसैक्रममा थुप्रै योद्धाहरूले उच्च सहादत पनि प्राप्त गरिरहनुभएको थियो । पश्चिममा क. दौलतविक्रमको सहादत सोही उद्देश्यका निम्ति भएको थियो । जिल्लामा स्थानीय सामन्ती सुदखोरहरूको हतियार कब्जा गर्ने काम पनि द्रुतगतिमा त्यही चरणमा सफल भएका थिए । फेरि पनि दोस्रो चरणको अन्तिम निष्कर्षमा भने कुनै कारबाही पुग्न सकिरहेका थिएनन् । जतिखेर राजनीतिक रूपमा अकर्मण्यतावाद र फैजी रूपमा आत्मसुरक्षावादको पार्टीभित्र प्रवेश गरेको खतरा थियो । त्यसलाई ठीक समयमा पहिचान गरेर जसले उच्च साहस, शौर्य र विवेकको प्रतीकका रूपमा बेथान कारबाही भयो । साँच्चिकै यस कारबाहीले वर्गदुस्मनको मनोबल गिराउन र जनताको मनोबल उठाउन ठूलो मद्दत गर्यो । तसर्थ यो कारबाहीलाई जनयुद्धको दोस्रो योजनालाई उत्कर्षमा पुर्याउने ऐतिहासिक कारबाहीका रूपमा लिन सकिन्छ ।

निष्कर्ष

यसरी हामी के भन्न सक्छौँ भने २०५३ सालको पुस १९ गते रामेछापको बेथानमा भएको ऐतिहासिक सफल कारबाही क्रान्तिकारीहरूका निम्ति अत्यन्तै अनुकरणीय र प्रेरणापुञ्जकारी युगान्तकारी घटनाका रूपमा स्थापित भएको छ । यसको दूरगामी महत्व झन्–झन् अभिव्यक्त भइराखेको छ । हरेक नेतृत्व बेथानमा उच्च सहादत प्राप्त गर्नुहुने महान् सहिदहरू तीफदि हाम्रो गोरेटो बन्नुभएको छ । दोस्रो वार्षिकीमा बेथानलाई स्मरण गर्नु भनेको महान् आधारइलाकालाई निर्माण, रक्षा र सुदृढीकरणका निम्ति उचित ढङ्गले सचेततापूर्वक रगत बगाउनका लागि लागिपर्नु नै हो । यही आदर्शले अभिप्रेरित भएर मात्रै बेथानले देखाएको बाटोमा हिँड्न सकिन्छ । यसरी मात्र साँचो अर्थमा महान् सहिदहरूप्रति सम्मान र सद्भावको महत्वलाई झल्काउँछ । अन्त्यमा ‘तीफदि’ को दोस्रो वार्षिकीमा म यहाँहरूको अधुरो सदिच्छा पूरा गर्न सम्पूर्ण रूपले लागिपर्ने प्रण गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु । महान् सहिद ‘तीफदि’– लालसलाम !

(नेकपा माओवादीको केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गर्दागर्दै आफैँ बलिदान गरेका स्रष्टा प्रतापले यो लेख २०५५ सालमा लेखेका हुन्– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :