कठघेरामा ट्रम्प परिवार

काठमाडौं / साउन ८ :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा र चुनाव प्रचार समितिका प्रमुखले रुसी गुप्तचरसँग साँठगाँठ गरेको भन्ने आरोपमा छानविन भैरहेको बेला राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत आरोप प्रमाणित भएमा अभियुक्तहरुलाई माफि दिन सक्ने धारणा सार्वजनिक गरिरहेका छन् । ट्रम्पको सो धारणालाई डेमोक्याटहरुले विरोध गर्दै छानविन निष्कर्षमै नपुग्दै माफि दिने धारणा सार्वजनिक गर्नुले ट्रम्पको रुसी गुप्तचरहरुसँग साँठगाँठ भएको र त्यो ठुलो राष्ट्र द्रोह भएको बिहीबार वासिङ्टन पोष्टमा उल्लेख गरेका छन् । यसरी एकपछि अर्को गर्दै राष्ट्रपति ट्रम्प कठघेरामा उभिन बाध्य भएका छन् । यो घटनालाई विश्वभर अमेरिकी संकटकको अभिव्यक्ति रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :