अंक नै केरमेट गरी कर मिनाहा / यस्तोसम्म भेटियो

काठमाडौं / साउन ८ : आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुुडमणी शर्माले निवेदन दिने कम्पनीको दर्ता नम्बर, करको रकम, मितिसमेत हेरफेर र केरमेट गरेर बदनियतपूर्वक कर मिनाहा गरेको भेटिएको छ । साउन ८, शर्माले राजस्व रकम, दर्ता नम्बर एवं दर्ता र पत्राचार मितिसमेत फेरेर बदनियतपूर्वक कर मिनाहा गरेको खुलासा भएको छ । आयोगमा व्यवसायीको निवेदन दर्ता र कर फर्छ्योटपछि पत्राचारका क्रममा तथ्यांक नै केरमेट गरिएको र सर्वसम्मत निर्णयसमेत सच्याएको भेटिएको हो । स्रोतले बताएअनुसार आयोगको रजिस्ट्ररमा दर्ता र चलानीको अभिलेख केरमेट र फेरबदल गरी निर्णय गरिएको मात्र होइन, केही फाइलमा सर्वसम्मत निर्णय भइसकेको विषयलाई आयोगका शर्माले केरमेट गरेर सच्याई हस्ताक्षर गरेकोसमेत देखिन्छ । यस्तै, दर्जनौं ठाउँमा पत्राचारका चलानी नम्बर ‘ब्याक डेट’ मा केरमेट गरिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा यस्तो तथ्य भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :