कतारद्वारा वार्ता आह्वान

काठमाडौं / साउन ७ : साउदी अरबसहित ६ वटा खाडी मुलुकहरुको नाकाबन्दीमा परेको कतारका अमीरले समस्या समाधानका लागि वार्तामा बस्न आह्वान गरेका छन् ।  टेलिभिजनमा गरेको सम्बोधनमा कतारी अमीरले कतारविरुद्ध चलाइएको घृणित अभियानको निन्दा गर्दै उक्त कुरा बताएका हुन् । खाडीमा संकट उत्पन्न भएपछि पहिलो सार्वजनिक सम्बोधनका क्रममा शेख तमिम बिन हमाद अल थानीले कुनै पनि समाधानले कतारको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने बताएका थिए । इरानसँग निकट सम्बन्ध कायम गरेको, आतंकवादलाई सहयोग गरेको र अलजजिरामार्फत आतंकवादलाई प्रश्रय दिएको खाडीका अमेरिकी गठबन्धन देशहरुले आरोप लगाउदै आएको छ । तर कतारले भने आरोप स्वीकार गरेको छैन । 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :