भारत विवादित क्षेत्रबाट फर्किदै

 

काठमाडौं / साउन ७ : चीनको कडा चेतावनी, कुटनीतिक पहल र डोक्लाम क्षेत्रमा बढ्दो चिनियाँ सेनाको उपस्थितिपछि हच्केको भारतले त्रिदेशीय बिवादित सिमा क्षेत्र डोक्लामबाट आफ्नो सेना फिर्ता लैजाने संकेत गरेको छ । भारतीय सेना सो क्षेत्राबाट नहटेसम्म चीनले भारतसँग वार्ता नगर्ने र प्रतिरोध गर्ने बारम्बार धम्की दिएपछि वार्ताको प्रस्ताव गर्दै आएको भारतले दुवै देशका सेना बिवादित क्षेत्रबाट हटाएर वार्ता गर्ने अर्को प्रस्ताव गरेको छ । भारतको यो दोस्रो प्रस्तावबारे चीनको धारणा सार्वजनिक भैसकेको छैन । सो नयाँ प्रस्ताव भारतीय विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार दिल्लीमा सार्वजनिक गरेकी हुन् ।

राज्यसभामा स्वराजले नयाँ प्रस्ताव राखिरहँदासम्म चीनले भने एकतर्फी रुपमा भारतले आफ्नो सेना फिर्ता गर्नुपर्ने अडान छोडेको छैन । राज्य सभामा स्वराजले “भारतले हाम्रा सेनालाई फिर्ता हुनको लागि भनिसकेको छ । तर हामी चाहन्छौं, दुवै देशका सेना फिर्ता हुन उत्तम विकल्प हुन्छ’’ भनेकी छन् । स्वारजको यो भनाइबाट डोबलको बेइजिङ भ्रमण पूर्व एकतर्फी रुपमै भएपनि भारतीय सेना बिवादित सीमा क्षेत्रबाट फर्किने तयारीमा रहेको संकेत गरेको छ । जुलाई २७ र २८ तारेखमा बेइजिङमा ब्रिक्स राष्ट्रहरुको सुरक्षा सल्लाहाकारहरुको बैठकमा डोबल बेइजिङ जाँदैछन् । चीनले लज्जास्पदहारका लागी तयार हुन भारतलाई चेतावनी दिएपछि भारत गल्दै गएको विश्वभरी विश्लेषण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :