सिटिइभिटीमा सम्बन्धन तनाव

काठमाडौं / साउन ७ :  सिटिइभिटीमा शिक्षक, विद्यार्थी, कर्मचारी, शैक्षिक संस्थाका मालिकका नामधारी दलालहरुका बीचमा अर्को चलखेल चलिरहेको सुचना ई–रातो खबरलाई प्राप्त भएको छ । यो शैक्षिक शत्रमा CTEVT ले १५ वटा कलेजलाई प्राविधिक शिक्षाका लागि सम्बन्धन दिने निर्णय भएको छ । एउटा कलेजलाई सम्बन्धन दिंदा CTEVT ले २५ लाख देखी १ करोडसम्म थैली लिने गरेको छ । त्यसैगरी विद्यार्थी नेताहरुले छात्रवृत्री माग्ने र त्यो छात्रवृत्री बेचेर रकम असुल्ने तथा चन्दा लिने गरेका छन् । बाँडचुँडमा सहमती नभएका ठाउँमा हड्ताल, तोडफोड, कुटपिटका घटना भैसकेका छन् । CTEVT मा पछिल्लो समय देखिएको तनाव शैक्षिक मुद्दा नभएर त्यसको केन्द्रमा कमीशन र चन्दाको खेल रहेको सुत्रको दावी छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :