चीनको बाटो ओलाङचुुङ्गोलासम्म

काठमाडौं / साउन ७ : भारतले नेपालमाथी लगाएको चौथो घोषित नाकाबन्दीपछि चीन–नेपाल सडक सञ्जाल निर्माणको लागि दबाव बढिरहेका बेला तिब्बतको टिप्ताला भञ्ज्याङ हुँदै ल्याइएको मोेटर बाटो ताप्लेजुङ जिल्लाको विकट पहाडी गाउँ ओलाङचुङ्गोलासम्म बिहीबार आइपुगेको छ । ओलाङचुङ्गोला सीमा प्रहरी चौकीसम्म गोरेटोे खन्ने कार्य सम्पन्न भैसकेको हो । निर्माणको काम चिनियाँ निर्माण कम्पनीले गरिरहेको छ । ओलाङचुङ्गोला निवासी प्रवासी नेपालीको आर्थिक लगानीमा सो सडक निर्माण भएको हो । सडकको स्तरोन्नती गर्ने कार्य तत्काल शुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :