भेनेजुयलामा हिंसा जारी

 

काराकस / एजेन्सी, साउन ७ :  ह्युगोचाभेजकालिन संविधान संशोधन गरेर देशलाई स्थायी रुपमा पश्चगमनतिर लग्न खोजेको भन्दै १५ साउन (३० जुलाई) मा सम्पन्न हुन गइरहेको जनमतसंग्रहको विरुद्ध भएको प्रदर्शन थप हिंसात्मक भएको छ । राष्ट्रपति निकोलस माडूरोले अमेरिकी इशारामा देशलाई पश्चगमनतिर धकेल्न खोजेको प्रदर्शनकारीको आरोप छ । आमहड्तालको क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा शुक्रबारसम्म थप ३ जनाको मृत्यु भैसकेको छ । अप्रिल यता भेनेजुयलामा १ सय भन्दा बढी नागरिकको मृत्यु भइसकेको छ । अमेरिकी गठबन्धनले भने चुनाव रोक्न माडूरोलाई दबाव दिएका छन् । सरकार समर्थकले भने प्रदर्शनकारीलाई विदेशीको उक्साहटमा हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :