विचरा प्रचण्डपथ

काठमाडौं / साउन ७ : नेकपा (माओवादी केन्द्र) को चालु बैठकमा नेता अग्नीप्रसाद सापकोटाले चुनावमा भएको हार र बढ्दो निराशालाई घटाउन नारायणकाजी श्रेष्ठलाई खुशी पार्न, नवराज सेवेदीलगायतलाई तान्न, किरण–विप्लव पक्षलाई कमजोर बनाउन तथा प्रतिक्रियावादी वर्गलाई खुसी पार्न प्रचण्डपथ परित्याग गरेका थिए । अहिले नारायणकाजीलाई थर्काउन र चाकरी बजाउन एकथरीले ‘कामकुरो एकातिर, कुम्लो बोकी थिमीतिर’ भने झैं फेरि प्रचण्डपथ पुनस्थापित गर्नुपर्ने आवाज उराल्न थालेका छन् । अग्नी सापकोटाको प्रचण्डपथ मोहलाई मन्त्री पदका लागि चाकरीको अर्थमा धेरैले बुझेका छन् । जनयुद्धको सन्दर्भमा उठेको प्रचण्डपथलाई संसदवाद आत्मसात गरेकोे समयमा उठाउनुलाई हास्यास्पद रुपमा हेरिएको छ । माओवादी केन्द्रको प्रचण्डपथ चर्चाले सो दलबाट नारायणकाजी समूहलाई विभाजनतिर धकेल्न सक्ने सर्वत्र आँकलन छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :