नेकपाविरुद्ध दमन अभियान चलाउँदै वली सरकार

नेकपाविरुद्ध दमन अभियान चलाउँदै वली सरकार

काठमाडौँ : केपी वली सरकारले नेपाल कम्युनिस्ट पार्टीप्रति आक्रामक बन्ने नीति लिएको छ । हालै चारै सुरक्षा निकायका प्रमुखहरूको बैठकपछि गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा सुरक्षा निकायले नेकपाप्रति अझ कठोर दमनको नीति अघि बढाएको सार्वजनिक भएको छ ।
हालै मोरङमा सुराकी गरेको अभियोगमा गरिएको प्रतिरोधात्मक कारबाहीमा १ व्यक्तिको ज्यान गएको भन्दै नेकपाले विज्ञप्ति जारी गरेपछि नेकपालाई हिंसात्मक गतिविधि र चन्दा आतङ्क बढाएको बहाना बनाउँदै वली सरकारले दमन गरेर जाने नीति अवलम्बन गरेको हो ।
गृहमन्त्री रामबहादुरले नेकपाका महासचिव विप्लवसँगको विगतको रिसइवि साध्ने उद्देश्यले नेकपालाई वार्ता र संवादबाट भन्दा दमनको नीति लिएर कडा बन्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको स्रोतहरूले बताएका छन् ।
यसअघि प्रधानमन्त्री वलीले पनि सर्वदलीय बैठक डाकेर राजावादी र प्रतिबन्धित नेकपाको चुनौतीको सामना गर्न एकजुट हुन आग्रह गरेका थिए । उक्त बैठकमा प्रतिपक्षीहरूले सरकारका गलत कामकारबाहीको व्यापक आलोचना गरेपछि वलीले भने प्रतिरक्षात्मक बन्नुपरेको सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :