गिरफ्तार नेकपा म्याग्दी जनसरकार प्रमुख जगतको उपचारमा सरकारको चरम लापरबाही

गिरफ्तार नेकपा म्याग्दी जनसरकार प्रमुख जगतको उपचारमा सरकारको चरम लापरबाही

काठमाडौँ : सरकारी नियन्त्रणमा रहेको अवस्थामा तीन दिनअघि उच्च रक्ताचापका कारण बेहोस भएर पर्वत जिल्ला कारागारमा लडेका नेकपाको म्याग्दी जिल्ला जनसरकार प्रमुख जगेन्द्र पुन ‘जगत’ को स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको छ तर केपी वली सरकार नेकपाकै नेता–कार्यकर्ता भएको आरोप लगाउँदै जटिल अवस्थाका बिरामीलाई उपचार गर्नसमेत आनाकानी गरेर असंवेदनशील र क्रूर बन्दै गएको छ ।
भेन्टिलेटरमा रहेका जगत यतिबेला राज्यका विभेदकारी गतिविधि र क्रियाकलापका कारण उपचार पाउनुपर्ने अधिकारबाट समेत वञ्चित हुँदै गएका छन् । स्मरणीय छ, गत वैशाखमा रातो खबर साप्ताहिकका निर्देशक अनिल शर्मा विरहीलाई पनि सरकारले गम्भीर अवस्थामा उपचार गराइरहेको समयमा चितवनस्थित एक अस्पतालबाटै गिरफ्तार गरेर झूट्टा मुद्दा लगाई विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा घुमाइरहेको छ । मानवअधिकार हनन भएको भन्दै नेकपा नेता विरहीले नेपाल बार एसोसिएसनलाई गुहारेका छन् । उता नेकपा म्याग्दीका नेता जगतको स्वास्थ्य अवस्था अत्यन्त कमजोर हुँदा पनि मानवीय व्यवहार नगरिएको भन्दै आफन्तजनले चिन्ता व्यक्त गरेका छन् ।
कारागारमै बेहोस भएर ढलेका नेकपा नेता जगतलाई अस्पताल लैजानुपर्नेमा सरकारले अड्डासारका नाममा रातीराती कास्की जिल्ला कारागारतिर लगेको थियो । अति सिकिस्त अवस्थामा रहेका जगतलाई जिल्ला कारागार कास्कीले नबुझेपछि प्रहरीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएका थिए । यतिबेला पनि उनको स्वास्थ्य अवस्था गम्भीर छ ।
अधिकतम रक्तचाप २२० रहेर गम्भीर बिरामी अवस्थामा अस्पताल पु¥याइए पनि नेता जगतको उपचार सहजै नभएको बताइएको छ । उनको रक्तचाप नाप्दा अधिकतम २२० थियो । चिकित्सकले जगतको टाउकाको सिटिस्क्यान गर्नुपर्ने बताए पनि पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको सिटिस्क्यान बिग्रेको भन्दै राती दुई बजे गण्डकी मेडिकल कलेज पु¥याउँदा उनको देब्रे हर नचल्ने भैसकेको थियो । त्यसपछि जगतलाई आईसीयूमा लगेर भेन्टिलेटरमा राखी उपचार सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :