नेपालमा आज १,२७१ कोरोना संङ्क्रमित निको भए, १,०४४ जना थपिए, ११ जनाको मृत्यु

नेपालमा आज १,२७१ कोरोना संङ्क्रमित निको भए, १,०४४ जना थपिए, ११ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ०४४ जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १२ हजार १४८ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ६७४ पुगेको छ । पछिल्लो २४ घन्टामा १ हजार २७१ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने २ लाख ३२ हजार ८७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :