विश्वविद्यालयका उपकुलप्रति र रजिष्ट्रारले मनोमानी आफ्नो निर्णयहरु लागु गरे / कडा आन्दोलन घोषणा गर्ने

काठमाडौं / साउन ७ : अखिल (क्रान्तिकारी) सुदुर पश्चिमाञ्चल विश्वविद्यालय समितिले विश्वविद्यालयमा राजनीतिक भागबन्डाको आधारमा गरिएको डिन नियुक्ति प्रक्रियाप्रति निन्दा गरेको छ । विश्वविद्यालयको उपकुलप्रति र रजिष्ट्रारद्वारा गरिएको मनपरितन्त्र, राजनीतिकरण नियमित प्रशासनिक गतिविधि अलपत्र पार्दै लामो समय काठमाडौं केन्द्रित बसाइको भत्सनासमेत गरेको छ । विद्यालयमा विरोधी गतिविधिमा संलग्न विज्ञान क्याम्पसका क्याम्पस प्रमुख पूर्णबादुर चन्दलाई विज्ञान संकायकोे डिन नियुक्तिप्रति आपत्ति जनाउँदै खारेजीको माग गरेको हो । अखिल (क्रान्न्तिकारी) सुदुर पश्चिमाञ्चल विश्वविद्यालय समिति केन्द्रीय सदस्य तथा इन्चार्ज विरेन्द्र शाह र अध्यक्ष गौरव धामीले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विश्व विद्यालयका उपकुलपति र रजिष्ट्रारले मनोमानी आफ्नो निर्णयहरु लाद्दै अगाडि बढे कडा आन्दोलन घोषणा गर्न बाध्य हुने र संघर्षबाट उत्पन्न हुने सम्पुर्ण जिम्मेवार सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :