दलित मुक्ति मोर्चाको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं / साउन ७ : नेपाल दलित मुक्ति मोर्चाले ‘वर्तमान परिस्थिति र दलित मुक्ति आन्दोलन’ विषयक अन्तरक्रिया कार्यक्रम ललितपुरको जाउलाखेलमा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हुनुहुन्थ्यो । मोर्चाका केन्द्रीय उपाध्यक्ष रामलाल विश्वकर्माले समाजमा दलित समुदायको अवस्था, पुरानो संविधानमा दलितको अधिकार र दलित आन्दोलनको विषय समेटिएको अवधारणा पत्र पेश गर्नुभएको थियो । अवधारणापत्र उपर डा.यामबहादुर किसान, अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया, नेपाल दलित संघका संगठन विभाग प्रमुख धर्म परियार, कृष्ण सेवा, निर्मल विश्कर्मालगायतले टिप्पणी गर्नुभएको थियो । कार्यक्रमा बोल्ने वक्ताहरुले दलित समुदायको आन्दोलन र मुक्तिलाई स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको कुरामा जोड दिएका थिए । यसैगरी दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष मामा, सन्तोषीविक, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्यायको पनि उपस्थिति रहेको थियो । हरि नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पदम विकले गर्नुभएको थियो भने स्वागत मन्तव्य विक्रम नेपालीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :