पुष्पलालको जन्मजयन्तीका अवसरमा

अम्बिका चन्द / काठमाडौं, साउन ७  : जनवादी क्रान्ति सम्पन्न गरि छिमेकी चीन समाजवादको बाटोतिर अघि बढ्दै गरेको, भारत अंग्रेजको पञ्जाबाट मुक्त भएको र नेपालमा जहानियाँ राणाशासनको पतनको घडी निकै नजिक आएको बेला कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलाल नेकपाका संस्थापक महासचिव हुनुहुन्छ । श्रावन ७ गते अर्थात आज जननेता एवं नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर पुष्पलालको जन्मजयन्ती हो । विस १९८१ असार १५ गते रामेछापमा जन्मिएर २०३५ श्रावण ७ गते आजकै दिन उनको देहान्त भारतको नयाँदिल्लीमा भएको थियो । २००६ सालमा उनै पुष्पलालको नेतृत्वमा नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र निरञ्जन गोविन्द बैद्यले नेकपाको स्थापना गरेका थिए । पुष्पलाल राणाविरोधी आन्दोलनका कर्मठ यौद्धा गंगालाल श्रेष्ठका भाइसमेत हुन् । ५४ वर्षको अल्पायुमै दिवंगत पुष्पलाल १८ वर्षसम्म निर्वासित जीवन विताउने नेपाली राजनीतिज्ञ पनि हुनुहुन्छ । उहाँकी जीवनसंगिनी साहना प्रधान पनि लामो समय नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय भएकी थिइन । अहिले उनको मृत्यु भएको पनि ३ वर्ष भइसकेको छ ।

विश्वप्रसिद्ध कम्युनिस्ट पार्टीको घोषणापत्र नेपालीमा पहिलोपटक उल्था गर्ने पुष्पलाल राजनीतिज्ञ मात्र नभएर इतिहासकार, सिद्धान्तकार, बुद्धिजिवी र दुरदर्शी नेताको रुपमा पनि चिनिनु हुन्छ । उहाँ बहुप्रतिभाका धनी पनि मानिनु हुन्छ । जनताको नयाँ जनवादी व्यवस्थाको व्याख्या गर्दै नेपाली कम्युनिस्ट आन्दोलनलाई वैचारिक दिशा दिने श्रेय पनि उहाँलाई जान्छ । नेपाली कम्युनिस्ट आन्दोलनका प्रायजसो नेताहरुलाई दरवार परस्त, भारत परस्त, संसदवादी र दक्षिणपंथी दलदलमा भासिएको आरोप लाग्दा पुष्पलाल भने कम्युनिस्ट सिद्धान्तप्रति अडिग रहेको मानिन्छ । पुष्पलालको मृत्यु भइसकेपछि उहाँले नेपाली काग्रेससँग पञ्चायती निरंकुसताका विरुद्ध कार्यगत एकता  गर्न सकिने अभिव्यक्तिका कारण उहाँ पछिका चर्चित कम्युनिस्ट नेता मोहनविक्रम सिंहले गद्दार पुष्पलाल भनेर कितावै लेखेपनि इतिहासले त्यो पुष्टि गरेन । पुष्पलाले नेपाली कांग्रेसलाई राष्ट्रिय पुँजीपति वर्गको पार्टी ठान्नु भएको कारण कार्यगत एकताको प्रस्ताव गर्नु थियो । यतिकै कारण पुष्पलाललाई दलालसम्म भन्नु गलत थियो ।

नेपालमा अहिले संसदीय व्यवस्था दलाल संसदीय व्यवस्थाको रुपमा जारी रहेतापनि कुल जनसंङख्याको बहुप्रतिशत जनता आज कम्युनिस्ट विचारसँग सहमती राख्छन् । कम्युनिस्ट नेताहरुले खासखास घडीमा धोका दिएका कारण कम्युनिस्ट आन्दोलन निष्कर्षमा नपुगेतापनि आज यो जसरी गतिशिल प्रवाहमा  अगाडि बढेको छ । यसको श्रेय पुष्पलाललाई नै जान्छ भन्दा फरक पर्दैन । नेपालका बिभिन्न कम्युनिस्ट घटकहरुले प्रत्येक वर्ष तिनै पुष्पलालको जन्मजयन्तीका अवसरमा विभिन्न कार्यक्रम गरी उनलाई सम्झने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :