विद्यार्थीद्वारा पूर्वाञ्चल विश्वविद्यालयको कार्यालयमा तालाबन्दी

काठमाडौं / साउन ६ : अखिल (क्रान्तिकारी) पूर्वाञ्चल विश्वविद्यालय क्षेत्रीय समन्वय समितिले आज पूर्वाञ्चल विश्वविद्यालयको काठमाडौं सम्पर्क कार्यालयमा तालाबन्दी गरेको छ । यसअघि बिभिन्न ९ बुदे मागसहित ७२ घण्टे अल्टिमेटम दिएको क्षेत्रीय समन्वय समितिले समयसीमा सकिंदासम्म पनि माग सम्बोधन नभएको भन्दै काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । अखिल (क्रान्तिकारी) विश्वविद्यालय क्षेत्रीय समन्वय समितिले आज पूर्वाञ्चल विश्वविद्यालय संयोजक भिष्मकुमार शाहीले शुक्रबार अपरान्ह विज्ञप्ति जारी गर्दै विश्वविद्यालयका पदाधिकारीले आफूहरुको माग सम्बोधन नगरे थप कडा आन्दोलन घोषणा गर्न बाध्य हुने र संघर्षबाट उत्पन्न हुने सम्पुर्ण जिम्मेवार सम्बन्धित पक्ष नै जवाफदेही हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिसहित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :