सल्यान इतिहास र सपना : संक्षिप्त चचासल्यान इतिहास र सपना : संक्षिप्त चर्चा

युवा लेखक गणेशमान सिंहको दोस्रो कृति ‘सल्यान : इतिहास र सपना’ हालसालै प्रकाशित भएको छ । यसअघि २०७१ सालमा उनको प्रथम कृति ‘यो देश र म (निबन्धसङ्ग्रह) प्रकाशित भएको थियो । ६ खण्डमा विभाजित यो कृति ४५६ पृष्ठको छ । यो कृतिलाई सल्यानको इतिहास भन्दा पनि हुन्छ ।  कृतिको खण्ड १ मा सल्यानमा भौगोलिक अवस्थिति इतिहासमा सल्यान, सल्यानी राजाहरूको वंशावली, सल्यानको सान : मरिचमान, सल्यानका कला–साहित्य, सल्यानको शिक्षा, सल्यानमा निर्वाचन विवरण र संसदीय निर्वाचन र नेकपा शीर्षकमा ससाना ८ वटा आलेख समेटिएका छन् । यसले सल्यानको ङ्ंक्षिप्त परिचय दिन्छ । सल्यानका बारेमा जानकारी राख्न चाहने हरेक अध्येता र अनुसन्धानकर्ताका लागि उपयोगी हुनसक्छ ।

दोस्रो खण्डमा नेपालमा जनयुद्ध, सल्यानमा जनयुद्ध, सल्यान, साहित्य र जनयुद्ध, प्रतिनिधिमूलक संस्मरण र सहिद संस्मरण गरी ८ वटा लेख छन् । यी लेखले जनयुद्धवरिपरि फन्को मारेका छन् । साहित्य र जनयुद्ध आलेखमा केही संस्मरणहरू छन् तर न साहित्यको समग्र परिचय छ, न त साहित्यका अरू विधाहरूको प्रतिनिधित्व छ । साहित्य भनेकै संस्मरण हो भन्ने भान पाठकमा पर्नसक्छ । यद्यपि साहित्यमा संस्मरण विधा अत्यन्त कान्छो र कम स्थापित विधा हो । कविता, नाटक र उपन्यास साहित्यका माउ विधा हुन् ।
तेस्रो खण्ड नेपाली कम्युनिस्ट आन्दोलन र त्यसले सल्यानमा पारेको प्रभाव तथा भूमिकामा केन्द्रित छ । यस खण्डमा नेपालमा कम्युनिस्ट आन्दोलनको यात्रा, सल्यानको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन दुईवटा लेखले शोधपरक भूमिका निर्वाह गरेका छन् । यस्तो गहन विषयमा लेखहरू साना छन् । जसले लामो, जटिल र धेरै धारामा सम्भावना कम छ । किनकि यो खण्ड नै कृतिको केन्द्रीय विषय हुनसक्थ्यो । चौथो खण्डमा महान् जनयुद्धको समयमा भएका सहिद र बेपत्ता पारिएका नागरिकको बलिदानका कथा–व्यथा समेटिएका छन् । भावनात्मक दृष्टिले समेत यो खण्ड महत्वपूर्ण मान्नुपर्छ । त्यसैगरी आन्दोलनमा झुल्केका नेता र उनीहरूले लिएको नीति कस्ता थिए ? तिनले समाजमा कस्तो प्रभाव पारे भन्ने विषयमा खण्ड ५ केन्द्रित छ ।

अन्तिम खण्ड ६ हो । यसमा १३ वटा लेख छन् । परिशिष्ट खण्डमा कृतिले माग गर्ने तस्बिरहरू र अरू केही महत्वपूर्ण सामग्री संलग्न गरिएका छन् । मेरो सोच थियो– एक दिन म अवश्य लेख्नेछु । म जन्मेको भूमिको कुरा लेख्नेछु । सानैदेखि खेली–हुर्की आएको माटोको कुरा लेख्नेछु । लेख्नेछु समयसँगै निरन्तर अनेक घुम्ती पार गर्दै आएको यो समाजको भोगाइ साथै त्यो यात्राको कुरा लेख्नेछु जसलाई हामी राजनीति भनेर बुझ्छौँ । सत्ता भनेर बुझ्छौँ । हाम्रा पुर्खाहरूले कस्तो रीतिथिति बसालेर आए ? कति विधिविधान मानेर आए ? हो, मैले सङ्क्षिप्तमै भए पनि तिनै इतिहासका जराजरा खोस्रिने प्रयास गरेको छु । इतिहासको गर्भमा रहेका फूलहरूलाई एउटै मालामा उन्ने मेरो एउटा सपना आज सार्थक भएको छ ।” प्राक्कथनमा लेखकले व्यक्त गरेका भनाइले कृतिका विषयमा धेरै कुरा बोल्छन् । नयाँ पाठक मूलतः सल्यानको जानकारी लिनका लागि कृति महत्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :