प्रहरीको राज्यआतङ्क बन्द गर : नेकपा

प्रहरीको राज्यआतङ्क बन्द गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जिल्लाको शिवगढी र बिजयनगर गाउँलाई चारैतिरबाट घेराबन्दी गरी स्थानीय जनताको घरमा पसेर प्रहरीले श्वेत आतङ्क मच्चाएको बताएको छ । जिल्ला इन्चार्ज जुझारूले बुधबार एक प्रेस वक्तव्य जारी गर्दै सिङ्गो देश कोरोना भाइरसले आक्रान्त भइरहेको बेला त्यसको उपचार र नियन्त्रण गर्नुको सट्टा शिवगढी र विजयनगरको लोहोरौला र नेउलागञ्ज गाउँका स्थानीय जनताको घर–घरमा पसेर अनावश्यक खानतलासी गर्ने, धम्की दिने र जनतालाई अपमान र दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै घृणित र फासिवादी हर्कत गरेको भन्दै कडा निन्दा र भत्र्सना गरेका छन् ।

वक्तव्यमा उनले भनेको छन्, ‘मङ्सिर ८ गते पार्टी पुनर्गठन दिवसको दिन कपिलवस्तु जिल्लाको शिवराज ९ शिवगढी र विजयनगरको लोहोरौला र नेउलागञ्ज गाउँलाई प्रहरीद्वारा चारैतिरबाट घेराबन्दी गरी स्थानीय जनताको घर–घरमा पसेर अनावश्यक खानतलासी गर्ने, धम्की दिएर श्वेत आतङ्क सिर्जना गर्ने र जनतालाई अपमान र दुव्र्यवहार गर्ने जस्ता अत्यन्तै घृणित र फासिवादी हर्कत गरिएकोप्रति हाम्रो पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ ।’

त्यसैगरी बिजयनगर ४ त्रिपालनगरका देवराज देउटीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै उनको रिहाइका लागि बुद्धिजीवी, मानवअधिकारकर्मी र सरोकालवाला सबैलाई अपिल गर्दै पक्राउ परेका देउकी पार्टी कार्यकर्ता नभई दृष्टिविहीन संस्थामा रहेर शारिरीक अशसक्तताहरुको सेवा गर्दै आएको वक्तव्यमा बताइएको छ । इन्चार्ज जुझारुले राजनीतिक स्वतन्त्रता र वैचारिक निष्ठा राख्न पाउने जनताको न्युनतम् मानव अधिकार समेत उलङ्घन गरिएको भन्दै यस्तो कार्य तत्काल रोक्न चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :