पहिरोमा परि ४ वर्षीया बालिको मृत्यु

काठमाडौं / साउन ६ : डोटी, अबिरल वर्षाका कारण पहिरोले घर भत्काउँदा डोटी सायल गापा–१ की ४ वर्षीया बालिकाको मृत्यु भएको छ । बिहीबार राती भएको उक्त घटनामा साबिकको छपाली गाबिस बिनेबडाका हरिमल भुलको घर भत्किँदा उनका छोरी मनिषा भुलको घटनास्थलमै मृत्यु भएको हो । घटनामा हरिमल भुल र उनकी श्रीमती जमुना भुल गम्भीर घाइते भएका स्थानीयबासीले बताएका छन् । गम्भीर घाइते हरिमल भुल र उनकी श्रीमती जमुनालाई स्थानीयबासीहरुको सहयोगमा उचारका लागि कैलालीको धनगढी लगिएको नेपालीले बताए । दुर्घना स्थलमा अझंैसम्म प्रहरी पुगेको छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :