चीन र म्यानमार : मित्र र छिमेकी

हउ रुइली
चीन र म्यानमार जोडिएको २१०० किलोमिटरको अप्ठ्यारो सिमानामा बसोबास गरिरहेका जनताले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएका छन् । तिनीहरू व्यापारबाहेक वैवाहिक सम्बन्धमा पनि बाँधिएका छन् । दाजुबहिनीसरि मिलेर बसेका छन् । तिनीहरू मित्र र नातेदार मात्र बनेका छैनन्, एउटै मन्त्र उच्चारण गर्दै गौतम बुद्धलाई सँगै पुज्ने गर्छन् । चाखलाग्दो कुरा त के छ भने सीमा क्षेत्रमा रहेका गाउँमा बस्ने मानिसहरू आधा चिनियाँ र आधा म्यानमारी छन् । उदाहरणका लागि यिनजिन (थ्ष्लवष्ल) गाउँमा एउटा इनार छ जहाँ दुवै देशका मानिसहरू पानी लिन आउँछन् तर एकआपसमा कहिल्यै विदेशीको रूपमा व्यवहार गर्दैनन् बरु साथीजस्तै ठान्छन् ।
युन्नान प्रान्त, रुइली सहरको थुनहोङ फेरीमा स्थानीय ‘ताइ परिवार’ को बारीमा सीमास्तम्भ निर्माण गर्दा “एक परिवार, दुई देश” को अनौठो अवस्था सिर्जना भएको थियो । चीन–म्यानमार सम्बन्धको इतिहास हेर्ने हो भने अहिलेको गतिविधिले यो विचारलाई दुई देशसम्म व्यापक फैलाएको देखाउँछ ।
प्राचीन सम्बन्ध
हाल सुको भूगोलमा लेखिएको एक आलेखका अनुसार हान साम्राज्यको इतिहास सिचुवान र हुपेईजस्ता चीनको भित्री प्रदेशबाट व्यापारीहरूले भारत र म्यानमारसँग सिचुवान र युनान जोड्ने बाटो खोलेपछि चीन–म्यानमारको सम्बन्ध सुरु भएको थियो । म्यानमारीहरू यसलाई ‘स्वर्ग र चाँदी मार्ग’ भन्छन् । भारत, म्यानमार र अफगानिस्तानजस्ता मुलुकमा यही मार्ग भएर चिनियाँहरू रमी फेब्रिक, रेसम र चिनियाँ माटोका भाँडा व्यापार गर्थे ।

पूर्वी हान साम्राज्यको (२५–२२० ई.पू.) को समयदेखि नै म्यानमारका विभिन्न कबिलाका राजा चीनमा पटकपटक दूत पठाउँथे । युआन (१२७१– १३६८), मिङ (१३६८–१६४४) र छिङ (१६४४– १९११) साम्राज्यको समयमा परस्पर दूतहरू प्रायः आदानप्रदान हुन्थे । २ हजार वर्षदेखि विकास भएको प्रगाढ मैत्रीपूर्ण सम्बन्धले म्यानमारीहरूले चिनियाँहरूलाई आफ्नै मित्र र नजिकको नातेदारका रूपमा लिएका छन् । आधुनिक समयमा चीन र म्यानमारका जनताले राष्ट्रिय स्वतन्त्रताका लागि भएको लडाइँमा एकआपसमा सहयोग गरेका थिए । सन् १८८५ मा ब्रिटिस साम्राज्यले तेस्रो अङ्ग्रेज म्यानमार युद्धताका म्यानमारको अन्तिम शाही राजधानी ‘मानडेले’ कब्जा गरेका थिए । राजा थिबव मिनलाई देशनिकाला गरियो र भारतको एक प्रान्तका रूपमा म्यानमार ब्रिटिस शासनअन्तर्गत गयो । मेलेमा राजदरबार कब्जा गरिसकेपछि राजा थिबवका नातीले तुरुन्तै ब्रिटिस आक्रमणका विरुद्ध आफ्ना नागरिकलाई युद्धमा उता¥यो । यद्यपि ४ वर्षको लामो प्रतिरोधपछि पनि उनी असफल भए । बाँकी सेनासँगै चीनमा शरण लिए जहाँ उनले चिनियाँ जनताबाट सहयोग पाए । ८० वर्षभन्दा बढी बाँचेका युद्धका नायकले आफ्नो मृत्युपछि शवलाई चीनमै गाड्ने इच्छा व्यक्त गरे । उसको चिहान अहिले चीनको युन्नान प्रान्तको दहोङ ताई र चिङ पो स्वायत्त जिल्लाको याङ्सीमा छ ।

दोस्रो विश्वयुद्धको समयमा आफ्नो जीवन दाउमा राखी चीन र म्यानमारका जनता मिलेर तियनमियन राजमार्ग निर्माण गरेका थिए । जापानी आक्रमणविरुद्धको युद्धमा यो सडकलाई जीवनरेखाका रूपमा व्याख्या गरिएको थियो । अन्तर्र ाष्ट्रिय सहयोगलाई यही मार्गबाट युद्धरत क्षेत्रमा ढुवानी गरेर ठूलो सहयोग गरिन्थ्यो । सन् १९४२ जनवरीमा जापानी आक्रमणकारीले तियनमिङ राजमार्गलाई ध्वस्त पार्न म्यानमारमा हमला गरेका थिए । एक लाख चिनियाँ सेना जापानी आक्रमणविरुद्ध म्यानमारमा रक्तपातपूर्ण युद्धमा सामेल भएका थिए । उक्त युद्धमा साहदत प्राप्त गरेका ६० हजार सहिदलाई म्यानमारमै गाडिएको थियो । पश्चिमी युन्नान र म्यानमारको जापानविरुद्धको युद्धमा चीन र म्यानमारका जनता संयुक्त सेनासँग मिलेर जापानी आक्रमणकारीविरुद्ध लडेका थिए र अन्ततः जापानीलाई म्यानमारबाट भगाएर विजय प्राप्त गरेका थिए ।


चीन–म्यानमार सम्बन्धका लागि ठोस आधार
सन् १९५० जून ८ मा चीन र म्यानमारबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापित भएको थियो । सन् १९५० मा दुई देशले शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तलाई मानेका थिए । अरू मुलुकका निम्ति पनि सीमा मुद्दाको समाधानका लागि उदाहरणीय बन्दै परस्पर समझदारी र मैत्रीपूर्ण सहयोग सिद्धान्तका आधारमा सन् १९६० ताका दुवै पक्ष ऐतिहासिक सीमा मुद्दा सल्ट्याउन सफल भएका थिए । लामो समयसम्म चीन र म्यानमार असल छिमेकी र मैत्री सम्बन्ध, स्थिर विकासलाई ध्यानमा राखेर द्विपक्षीय सम्बन्धका साथ अन्तर्राष्ट्रिय र क्षेत्रीय मामलामा एकनासको सहयोग कायम गरिरहेको छ । चीन र म्यानमारका नेताहरूबीच हुने भ्रमण आदानप्रदान कायमै छ । चीन–म्यानमारको मित्रताको विशेषताालाई कायम राख्दै प्रधानमन्त्री चाउ एन लाईले म्यानमारको भ्रमण ९ पटक गरेका थिए भने उ नी वीन (म्यानमारका तत्कालीन प्रम. सं.) ले १२ पटक चीनको भ्रमण गरेका थिए । सुधार र खुलापन लागू भएदेखि चीन र म्यानमारबीच राजनीति, अर्थतन्त्र, संस्कृति, धर्म, लागूपदार्थविरुद्धको अभियानजस्ता क्षेत्रमा उच्च तहको सर्वपक्षीय आदानप्रदान र सहयोग भइरहेको छ ।

सन् १९८० अप्रिलमा रेल र सडकमार्ग भएको दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो थानलिन पुल निर्माणमा सहयोग गर्न चीन सरकार तयार भएको थियो । ७ वर्षको निर्माणपछि सन् १९९३ मा यातायातका लागि खुला गरिएको थियो । चीन–म्यानमारको इतिहासमा यो परियोजनालाई कोसेढुङ्गाका रूपमा लिइएको थियो । सन् २००१ डिसेम्बरमा चिनियाँ राष्ट्रपति चियाङ चमिनले म्यानमारको राजकीय भ्रमण गरेका थिए । यस अवसरलाई उच्च तहको चिनियाँ नेताको पहिलो म्यानमार भ्रमणका रूपमा उल्लेख गरिएको थियो । दुवै पक्षले कृषि, मानव संसाधन, स्रोत विकासलाई सहयोग क्षेत्रका रूपमा छुट्ट्याएको र सान्दर्भिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए । नयाँ शताब्दीमा चीन र म्यानमारबीचको परस्परागत सम्बन्ध र मित्रतालाई यस भ्रमणले अझ बलियो र अग्रगामी बनाएको छ ।
सन् २०११ मा चीन र म्यानमारले विस्तृत रणनीतिक सहयोग साझेदारी स्थापना गरे । दुवै पक्ष संयुक्त विज्ञप्तिमा चरणबद्ध सम्झौतामा पुगेका छन् । दुवै पक्षले उच्च तहको सम्पर्कलाई कायम राख्नेछ, रणनीतिक परस्पर विश्वासलाई प्रवद्र्धन गर्नेछ, अन्तर्र ाष्ट्रिय र क्षेत्रीय मुद्दामाथि विचार आदानप्रदान गर्नेछ, आर्थिक सहयोगको दरलाई बढाउने र विभिन्न क्षेत्रमा मैत्रीपूर्ण सहयोग गर्नेछ ।
सन् २०१३ अप्रिलमा म्यानमारी राष्ट्रपति उ थान सेनले चीनको राजकीय भ्रमणको समयमा बोआओ फोरममा भाग लिएका थिए । उ थानले प्रधानमन्त्रीका रूपमा ४ वर्षअघि गरेको चीनको भ्रमणसँग तुलना गर्दा अहिले राष्ट्रपतिका रूपमा गरेको भ्रमण धेरै अर्थपूर्ण थियो । त्यस समयमा म्यानमार पश्चिमेली नाकाबन्दी सामना गरिरहेको थियो तर अहिले विभिन्न क्षेत्रमा सुधारका गतिविधि भएका छन् ।
एसियाका लागि बोआओ फोरमको समयमा पुरानो मित्रता घोषणा गर्दै संयुक्त वक्तव्य जारी गरियो । कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशका जनताको हित हुने गरी चीन र म्यानमारले परस्पर सम्मान र समानताका आधारमा द्विपक्षीय सम्बन्धको विकास प्रवद्र्धन गरेका छन् ।  

म्यानमारमा अवस्थित एनजीओ ‘मिन्गलर’ का डा. फोन विनका अनुसार राष्ट्रपति उ थानको बारम्बारको चीन भ्रमणले चीन–म्यानमार सम्बन्धको महत्व दर्साउँछ । हालसालै म्यानमारले छिमेकी राष्ट्र र ठूला राष्ट्रसँग सम्बन्धलाई विकास गर्न स्वतन्त्र र सन्तुलित विदेश नीति कार्यान्वयन गरिरहेका छन् । चीन ठूलो र छिमेकी दुवै हो । त्यसैले चीन– म्यानमार सम्बन्धलाई विकास गर्न म्यानमारका लागि आवश्यकता प्रस्ट छ । चीनले तीन दशक लामो सुधार र खुला नीतिको प्रतिफल प्राप्त गर्दैछ जसले चीनले लिँदै आएको नीति ठीक रहेको देखाउँछ । चीनबाट सिक्नकै लागि उ थान पटकपटक चीन भ्रमण गर्छन् । दुर्गम ठाउँको अवस्थामा सुधार ल्याउनका निम्ति म्यानमारले काम गरिरहेको छ र यस मामिलामा चीनसँग ठूलो अनुभव छ ।
व्यापार र आर्थिक सहयोगबाट परस्पर हित
आज चीन म्यानमारको ठूलो व्यापार साझेदार हो । चीनको वाणिज्य मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०१३ को पहिलो ६ महिनामा चीन र म्यानमारको व्यापार ४ दशमलव ३८ अरब अमेरिकी डलर पुगेको छ जुन २५ दशमलव ९ प्रतिशत वार्षिक वृद्धि हो ।
डा. विनका अनुसार अर्थशास्त्रको हिसाबले चीन म्यानमारका लागि छुट्ट्याउनै नसकिने बजार हो । चीनमा म्यानमारको निर्यात भनेको काठ र कृषि उत्पादन नै प्रमुख छ । उनी आशावादी छन्, ‘म्यानमार उत्पादन क्षमतालाई बढाउन सक्छ र भविष्यमा अतिरिक्त मूल्यका साथ निर्यातलाई बढाउन सक्छ ।’ लगानीको सन्दर्भमा चीन म्यानमारको सबभन्दा ठूलो लगानीकर्ता भएको छ । हालै मात्र चीनले वैदेशिक मुद्राको ठूलो सञ्चिती गरेको छ जब कि म्यानमारलाई पूर्वाधार निर्माणका लागि पुँजीको अभाव छ । त्यसैले आर्थिक शक्ति चिनियाँ उद्यमीले म्यानमारमा यातायात, ऊर्जा र जलविद्युत् विकासका क्षेत्रमा लगानी गर्ने हो भने दुवै पक्षको हित हुनेछ ।

चीन र म्यानमारबीच हस्ताक्षर भएका आर्थिक सम्झौताको सङ्ख्या बढिरहेको छ । सन् १९७१ मा दुई देशबीच अति सौविध्य प्राप्त राष्ट्रसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सन् १९९४ मा सीमा व्यापारमाथि समझदारीपत्रमा दुई देशले हस्ताक्षर गरेका थिए । सन. १९९७ मा आर्थिक, व्यापारिक र प्राविधिक संयुक्त कार्यदल स्थापनामा सम्झौता भएको थियो र सन् २००१ मा दुई मुलुकका सरकारले लगानी उत्प्रेरणा, प्रवद्र्धन र संरक्षण सम्झौतामा हस्ताक्षर ग¥यो । सन् २०११ मा विस्तृत रणनीतिक साझेदारीको स्थापनासँगै आर्थिक र प्रविधि सहयोग, प्राथमिकता ऋण र पूर्वाधार निर्माणजस्ता क्षेत्रमा दुई देशबीच धेरै सम्झौतामा हस्ताक्षर भएको छ ।
हालसालैको वर्षमा अति उच्च प्रविधि र उपकरण प्रदान गरेर म्यानमारको आर्थिक निर्माणमा चिनियाँ कम्पनी सक्रिय भएर लागिरहेका छन् । डिजेल इन्जिन प्लान्ट, टायर उद्योग, कपडा उद्योगजस्ता परियोजनाले प्रतिफल दिन सुरु गरेका छन् । चिनियाँ कम्पनी संलग्न भएका म्यानमारका जलविद्युत् परियोजनाले ऊर्जा अभावलाई सजिलो बनाएको छ । इरावती नदीमाथि बनेको पुलले स्थानीय यातायातलाई सहयोग पु¥याएको छ र स्थानीय आर्थिक व्यापारलाई माथि उठाएको छ ।  म्यानमारमा लगानीको प्रक्रियामा चिनियाँ पक्षले व्यापारिक सामाजिक उत्तरदायित्व र वातावरणीय संरक्षणलाई विशेष ध्यान दिएको छ ।  

चीन–म्यानमार तेल र प्राकृतिक ग्यास पाइपलाइन सुरु भएको ठाउँ क्याउकफ्युमा परियोजनामा जिम्मेवार चीन राष्ट्रिय आयल निगमले ६ लाख ५० हजार क्युबिक मिटर क्षमताको भण्डारण निर्माण गरेको छ र नजिकैका तीनवटा गाउँमा पानीको आपूर्ति भएको छ । यसैबीच चीन राष्ट्रिय आयल निगमले पाइपलाइन बिछ्याएको ठाउँमा दुईटा माध्यमिक विद्यालय र ६ वटा प्राथमिक विद्यालय स्थापना गर्न १३ लाख डलर चन्दा प्रदान गरेको छ । यसका अतिरिक्त चीन राष्ट्रिय आयल निगमले स्थानीय अस्पतालको स्तरोन्नतिका लागि ६० लाख डलर लगानी गरेको छ ।  मिस्टोन ड्याम परियोजनाका लागि ‘चीन ऊर्जा लगानी निगम’ जिम्मेवार छ । कुल २ करोड ५० लाख डलरमध्ये १ करोड ८० लाख डलर स्थानीय बासिन्दालाई पुनर्वासका लागि खर्च गरियो । चीन ऊर्जा लगानी निगमअन्तर्गत निर्माण भएको पुनर्वास गाउँमध्ये एक आङ मिन थार स्थानीय दुर्गम क्षेत्रमा एउटा सफल उदाहरण भएको छ जहाँ विद्यालय, मन्दिर, चर्च र अस्पताल निर्माण भएको छ । म्यानमार सरकारको आवश्यकताअनुसार चीन ऊर्जा लगानी निगमले विश्व बैङ्क र एसियाली बैङ्कको प्रारम्भिक वातावरणीय मूल्याङ्कनलाई अवलम्बन गरेको छ र पर्यावरणीय र प्राकृतिक संरक्षण सङ्घको विश्वास लिएको छ । याङ्सी नदी डिजाइन कम्पनीले मिस्टोन ड्याममा वातावरणीय मूल्याङ्कन गरेको छ ।

चीन र म्यानमारका एक सयभन्दा बढी विज्ञ सामेल भएका टोली नदीकिनार क्षेत्रको वातावरणमा परियोजनाको असरलाई मूल्याङ्कन गर्ने काम गरेर परियोजना उपयुक्त भएको निष्कर्षमा पुगे ।  वास्तवमा पाइपलाइनको प्रक्रियामा वातावरणीय संरक्षण सुनिश्चित गर्न विज्ञ पर्यवेक्षकलाई बोलाइएको थियो । कच्चा तेल बन्दरगाह निर्माणको समयमा चीन राष्ट्रिय आयल निगमले नियम कडाइका साथ पालना गरेको थियो । ती क्षेत्रमा ढुङ्गा, माटो र रूख मात्र प्राप्त गर्न सक्छ । इरावती नदी किनारामा तागाङ ताउ निकेल खानीको निर्माण गर्दा चिनियाँ कम्पनीले उच्चस्तरको धुलो सङ्कलन प्रविधि जडान गर्न २४ करोड चिनियाँ मुद्रा लगानी गरेको थियो ।
सम्पन्न सांस्कृतिक आदानप्रदान
ऐतिहासिक अभिलेखका अनुसार चीन र म्यानमारबीच सांस्कृतिक आदानप्रदान हान साम्राज्यको पालादेखि नै भएको देखिन्छ । थाङ साम्राज्यको समयमा प्यु राज्यका राजकुमारले सङ्गीत समूहको नेतृत्व गर्दै चीनको प्राचीन राजधानी छाङआनको भ्रमण गरेका थिए ।
कूटनीतिक सम्बन्ध स्थापना भएदेखि सांस्कृतिक आदानप्रदान निकैपटक भएको छ । सन् १९६० मा चिनियाँ राष्ट्रिय दिवसमा म्यानमारका तत्कालीन प्रधानमन्त्री उ नुले सांस्कृतिक, कला, सिनेमा क्षेत्रबाट प्रतिनिधित्व गरेका ४०० भन्दा बढी सदस्यसहितको टोलीलाई नेतृत्व गर्दै चीन भ्रमण गरेका थिए र पेइचिङमा म्यानमार सांस्कृतिक सप्ताहान्त मनाएका थिए । त्यसको प्रत्युत्तरमा सन् १९६१ जनवरीमा म्यानमार स्वतन्त्रता दिवसका अवसरमा संस्कृति, कला, सिनेमा क्षेत्रका ५३० भन्दा बढी सदस्यसहितको सांस्कृतिक टोलीलाई नेतृत्व गर्दै चिनियाँ प्रधानमन्त्री चाउ एन लाईले म्यानमारको भ्रमण गरेका थिए र याङ्उनमा चिनियाँ सांस्कृतिक सप्ताह मनाएका थिए । सन् १९८० देखि दुई राष्ट्रबीच १३ पटक मन्त्रीस्तरीय भ्रमणसहित पटकपटक उच्च तहको भ्रमण आदानप्रदान भएका छन् । सन् १९९६ जनवरीमा चीन र म्यानमारका संस्कृतिमन्त्रीले सांस्कृतिक सहयोग सम्झौतामा हस्ताक्षर गरेका थिए ।

चीन–म्यानमार सम्बन्ध प्रगाढ हुँदै जाँदा दुई मुलुक कला, साहित्य, सिनेमा, पत्रकारिता, शिक्षा, धर्म, पुरातात्विक र पुस्तक प्रकाशनमा घनिष्ठ सहयोग र आदानप्रदानमा वृद्धि भएको स्पष्ट देखिन्छ । तथ्याङ्कले देखाउँछ, कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीचको भ्रमण आदानप्रदानको सङ्ख्या ६ सय नाघेको छ । सार्वजनिक प्रदर्शनीका लागि बुद्धको दन्त, चीनको राष्ट्रिय सांस्कृतिक टोली म्यानमारमा ४ पटक पठाइसकेको छ र म्यानमारको सरकार र समाजबाट न्यानो अभिवादन प्राप्त भएको छ । सांस्कृतिक सम्बन्धको सूची बढ्दै जाँदा सन् १९९८ देखि म्यानमार कला समूहले चिनियाँ सांस्कृतिक मन्त्रालयले आयोजना गरेको एसियाली कला उत्सवमा नियमित रूपले प्रदर्शन गरिरहेको छ । सन् २००४ मा शैक्षिक सहयोग समझदारीपत्रमा चीन र म्यानमारले हस्ताक्षर गरेका थिए । सन् २००५ जुनमा यान्गुनमा चिनियाँ सांस्कृतिक सप्ताह सफलतापूर्वक सम्पन्न भयो । सन् २०११ र २०१२ मा चिनियाँ अपाङ्ग जनप्रदर्शन कला समूह र कलाबाजी समूहले म्यानमारमा प्रतिभा मञ्चन गरेका थिए र सन् २०१२ मेमा चीन–म्यानमार मित्रतालाई संस्थागत गर्ने प्रयासस्वरूप पहिलो चीन–म्यानमार भाइचारा मित्रता क्रियाकलापको अन्तर्राष्ट्रिय आदानप्रदानका लागि चीन गैरसरकारी सङ्घ, विकास र शान्तिका लागि चिनियाँ कोषद्वारा संयुक्त रूपमा आयोजना ग¥यो ।

डा. विनका अनुसार म्यानमारी जनता पश्चिमेली राष्ट्रले अपनाएको केही अवधारणा स्वीकार्न सक्दैनन् किनभने म्यानमारमा बुद्धको दर्शनले जरो गाडेर बसेको छ । यो सन्दर्भमा पश्चिमेलीभन्दा चीन निपुण देखिन्छ । त्यसैले दुई देशको साझा सांस्कृतिक मूल्य र मान्यतासँगै सहयोगलाई सफतापूर्वक बढाउँदै लानेमा कुनै शङ्का छैन ।

China and Myanmar : Friends and Neighbours

CHINA TODAY

Vol.63, no.4, April 2014

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :