वडाध्यक्षबाट दलित कुटिए

काठमाडौं / साउन ६ :  गुल्मी, चन्द्रकोट गापा–५, स्थित ग्वाघाका वडाध्यक्ष टेकबहादुर पुनले स्थानीय अपाङ्ग दलित मानबहादुर विकलाई कुटपिट गरेको थियाे । साउन १ गते दिउँसो करिव ३ बजेको समयमा घरको तगारो नजिक बसिरहेका विकलाई वडाध्यक्ष पुनले आएर एक्कासी चप्पल र हातले कानमा असर पर्ने गरी कुटपिट गरेको विरुद्ध चन्द्रकोट, ईप्रकामा उजुरी परेपछि कार्यालयमा छलफल चलिरहेको छ । त्यस विषयमा अहिले दुवै पक्षलाई बोलाएर छलफल चलिरहेको सो कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक खुमबहादुर कुँवरले जानकारी दिए । वडाध्यक्ष पुनबाट कुटिएका विकको कानको जाली फुटेर सुन्न नसक्ने भएको पीडित परिवारजनले बताएका छन् ।  

टेलिफोन सम्पर्क गर्दा श्रीमानले कान सुन्न छाडेको भन्दै उनको श्रीमतीले फोन उठाईन् । के कसरी कुटिएको हो ? बताउन लगाउनुस भनेपछि बिकले भने–‘यहाँकी एक महिलासँग चुनावको प्रचार ताका एमालेले जस्ता पाता र ५ हजारका दरले पैसा बाँड्छौं भनेको थियो के र, अहिले एमालेले जिते पछि त त्यो देला नि, नत्र जनताले कालो मोसो दल्छन् भनेर भनेको थिएँ । त्यो कुरो सुनेर एक्कासी आएर मलाई हाने, मैले कान सुन्नै छाडेको छु । ’ 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :