भ्रष्ट नेताहरु निष्काशित


काठमाडौं/ साउन ६ : नेकपा (क्रान्तिकारी माओवादी) निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिले आर्थिक अनियमिता, किर्ते हस्ताक्षर गरी रकम हिनामिना गरेको, अराजकता पैदा गरेको भन्दै ३ जना मजदुर नेताहरु संगठनबाट निष्काशित गरेको छ । त्यसरी कारबाही पर्नेहरुमा पर्यटनतर्फका थमानसिंह तामाङ र रामबहादुर बस्नेत छन् । त्यसैगरी अर्का नेता रमेश राई पनि छन् । कारवाहीमा परि निष्काशन भएका उनीहरु प्रचण्ड समूह तर्फ जना मोलतोल गरेका तर माकेले पनि शरण दिन अस्विकार गरेपछि केही सामाजिक सञ्जालमा नेकपातिर जाँदै भन्ने बनावटी समाचार सम्प्रेषण गरेपनि त्यसमा कुनै सत्यता नभएको नेपाल कम्युनिस्ट पार्टी सूत्रले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :