प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

प्रतिबन्धलाई चिर्दै कैलालीमा सातौँ पार्टी पुनर्गठन दिवस भब्य रुपमा मनाइयो

कैलाली : नेपाल कम्युनिस्ट पार्टी कैलालीले पार्टीकेन्द्रको घोषित कार्यक्रमअनुसार सातौँ पार्टी पुनर्गठन दिवस भव्य रूपमा सम्पन्न गरेको छ ।
प्राप्त समाचारअनुसार चौतर्फी कडा सुरक्षाकर्मीको घेराबन्दी र राज्यका तर्फबाट लगाइएको प्रतिबन्ध चिर्दै एकीकृत जनक्रान्तिको झन्डालाई उच्च पारौँ ! ७ औँ पार्टी पुनर्गठन दिवस भब्यरूपमा सफल पारौँ !! भन्ने मुल नाराका साथ कैलालीको कैलारी गाउँपालिकामा उत्सवका रूपमा पुनर्गगठन दिवस मनाइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी कैलालीका जिल्ला सेक्रेटरी करनको सभाअध्यक्षमा प्रमुख अतिथि थारुवान स्वायत्त जनसरकार प्रमुख महान रहेका थिए । कार्यक्रमलाई सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य बबरजंगले गरेका थिए भने स्वागत मन्तव्य अखिल नेपाल महिला संघ क्रान्तिकारी कि जिल्ला अध्यक्ष सुनिताले राखेकी थिइन्

कार्यक्रममा पार्टी, जनर्गीय संगठन, पत्रकार र आमजनसमुदायको बाक्लो उपस्थिति रहेको प्राप्त समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :