नेपालमा आज १६ जनाको मृत्यु, १,९८० जना सङ्क्रमित थपिए, ३,०४३ निको भए

नेपालमा आज १६ जनाको मृत्यु, १,९८० जना सङ्क्रमित थपिए, ३,०४३ निको भए

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९८० जना नयाँ कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख २२ हजार २८८ पुगेको छ । आज देशभरी संक्रिय संङ्क्रमितको संख्या १८ हजार ८८४ रहेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घन्टामा थप १६ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १ हजार ३२७ पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ०४३ जना निको भएर घर फर्केका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या भने २ लाख २ हजार ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :