दोलखामा नेकपाको सातौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम भव्य

दोलखामा नेकपाको सातौँ पार्टी पुनर्गठन दिवस कार्यक्रम भव्य

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी दोलखाले सातौँ पार्टी पुनर्गठन दिवसका अवसरमा पोस्टरिङ र कोणसभा गरेको छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नेकपा दोलखाले पर्चा, पोस्टरिङ र कोणसभा सम्पन्न गरिएको जनाएको छ । जिल्लाका विभिन्न गाउँमा पार्टीको सातौँ पुनर्गठन दिवसको पोस्टर र ब्यानर टाँसेको जानकारी दोलखाबाट प्राप्त भएको छ ।

अधुरो क्रान्ति पूरा गर्ने उद्देश्यका साथ आत्मसमर्पणवादी र अवसरवादीहरूबाट छुट्टिएर क्रान्तिकारी पार्टी पुनर्गठन गरेको ७ वर्ष लागेको अवसरमा पार्टीको केन्द्रीय निर्देशनअनुसार पार्टी पुनर्गठन दिवसलाई भव्य र सभ्य रूपमा सफल पार्न प्रचारप्रसार तीव्र पारिएको नेकपा दोलखाले जनाएको छ । जिल्लाको कालिञ्चोक गाउँपालिका कार्यालयको गेटमा ब्यानर, झन्डा र पम्प्लेट टाँसिएको छ भने भीमपास्थित हुलाक कार्यालयको गेटमा ब्यानर, कालिञ्चोक स्कुल र गौरीशङ्कर बालगृहमा पम्प्लेट टाँसिएको छ ।

यसैक्रममा पार्टी पुनर्गठन दिवसका सन्दर्भमा दोलखा जिल्ला सेक्रेटरी करणले सम्पूर्ण शोषितपीडित श्रमिक नेपाली जनता र मजदुर वर्गलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :