धादिङमा सवारी साधन दुर्घटना / २ मृत्यु, १० जना गम्भीर घाइते

काठमाडौं / साउन ५ : काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना. ६ ख २२९३ नं. सवारी साधन धादिङ, बेनिघाट रोराङ गापा–५, स्थित विशालटारमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १० जना गम्भीर घाइते भएका छन् । घाइते भएकाहरुको स्थानीय मलेखु अस्पतालमा सामान्य उपचारपछि काठमाडौं ल्याएको छ । सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी मृत्यु हुनेहरुनेमा सवारी चालक झापा शिवसतासी गापा–६ का कमल ढुंगाना र सोही स्थानका सह–चालक नवराज सिवाकोटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :