नेकपाद्वारा जनताको खेतमा श्रमदान

नेकपाद्वारा जनताको खेतमा श्रमदान

काठमाडौँ : नेकपाले जनताको खेतबारीमा जनश्रम गर्ने कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाएको छ ।

तनहुँबाट प्राप्त समाचारअनुसार कात्तिक १३ गते नेपाल कम्युनिस्ट पार्टी तनहुँले जनश्रमदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला इन्चार्ज रुवेलले सरकारले जतिसुकै दमन गरे पनि आफ्नो गौरवशाली पार्टी आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर जिल्लाका किसानहरूसँगै जनश्रमदानमा ढृढ भएर लाग्ने बताए ।

नेकपा तनहुँले जिल्ला प्रहरी कार्यालयबाट बिनाबर्दी र बिनाखानतलासी पुर्जी जनता र नेकपा कार्यकर्ताको घरघरमा पसेर लत्ताकपडा र बिस्तरा भताभुङ्ग पारी परिवारमा आतङ्क मच्चाउने, धम्की दिने कार्य भएको भन्दै यस विषयमा पार्टीले आवश्यक कदम चाल्ने चेतावनी पनि दिएको समाचारमा जनाइएको छ ।

यसैबीच नेकपा रामेछापले जिल्ला सदरमुकाम मन्थलीमै जनताको धान काटेर जनश्रमदान गरेको जनाएको छ ।

जिल्ला सेक्रेटरी विवेकका अनुसार जनताबीच लोकप्रिय बनेको पार्टी जनताका दुःखसुखमा साथ दिँदै अघि बढिरहेको र सरकारको प्रतिबन्ध तिरस्कार गर्दै जिल्ला सदरमुकाममै जनताको खेतमा श्रमदान गर्न सफल भएको छ । यो अभियान जिल्लाभरि जारी रहेको पनि नेकपा रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :